काठमाडौँ । नइ एकेडेमीले ४ वटा दुर्गम जिल्लाका छात्रालाई २०८२ सालको सर्वोत्कृष्ट घोषणा गर्दै नइ कपिल विद्या पदक प्रदान गरेको छ । डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका सर्वश्री सुमित्रा बूढा, सौमती शाही, प्रतीक्षा विष्ट र इशारा कोट्टारीलाई जनही ३०–३० हजार रुपैयाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ प्रदान गरिएको हो ।
चारै जना छात्रालाई अनलाइनबाट पुरस्कारका राशि प्रदान गरिएको सो एकेडेमीले जनाएको छ । सो एकेडेमीले ४ जिल्लाका सरकारी स्कुलबाट कक्षा १२ का छात्रामध्ये सर्वोत्कृष्टलाई ‘नइ कपिल विद्या पदक’ प्रदान गर्दै आएको छ ।


सर्वोत्कृष्ट घोषित छात्राहरू डोल्पाको आदर्श स्कुल, हुम्लाको मानसरोवर स्कुल, बाजुराको जनप्रकाश स्कुल र दार्चुलाको लटीनाथ स्कुलका रहेका छन् । नइ एकेडेमीले २०७९ सालदेखि सुप्रसिद्ध मनोचिकित्सक डा.कपिलदेव उपाध्यायका सम्मानमा बर्सेनि ‘नइ कपिल विद्या पदक’ प्रदान गर्दै आएको छ ।










