खानीखोला, काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सागर जिम्बाले सकरात्मक राम्रो काम जसले गरे पनि पार्टी, जात, धर्म, गुट नहेरी प्रशंसा गर्नुपर्ने बताएका छन ।

खानीखोला गाउँपालिकामा निशुल्क आँखा शिविर संचालन गर्नका लागि पहल गर्ने नेपाली काङग्रेसका स्थानिय नेता क्षेत्र वाईबाको फेसबुकको पोष्ट सेयर गरेर धन्यवाद दिदै वडाध्यक्ष जिम्बाले सकरात्मक काम जुनसुकै पार्टि जात धर्मका ब्यक्तिले गरे पनि पार्टि जात धर्म गुट नहेरि प्रशंसा गर्नु पर्ने बताएका छन् । साथै वडा अध्यक्ष जिम्बाले गत बर्ष वडा नं. ३ र ५ मा सन्चालन गरेको निशुल्क आँखा शिविर यो बर्ष वडा नं. ६ र ७ मा सन्चालन गरेकोमा खुसी ब्यक्त गरेका छन् ।

रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाको प्राविधिक सहयोग तथा नेपाल परिवर्तनशील समाजको आयोजनामा र खानीखोला गाउँपालिकाको समन्वयमा आयोजित तीनदिने बृहत् निःशुल्क आँखा शिविर भएको थियो । वडा नं. ६ र ७ को विभिन्न तीन स्थानमा सञ्चालन गरिएको शिविरबाट ४०० भन्दा बढी सर्वसाधारण लाभान्वित भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय