खानीखोला,काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–३ सौरेस्थित भृकुटी माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (ट्रेक, सुट, जुत्ता, मोजा र टोपी वितरण गरेको छ । जाडो मौसम सुरु हुँदै गर्दा विद्यालयको विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउन केटाकेटी मुल हाउस फ्रान्सको सहयोग र ठुलि रत्नमान जिम्बा फाउण्डेशनको समन्वयमा १ सय ४५ जना विद्यार्थीलाई ट्रेक, सुट, जुत्ता र मोजा वितरण गरेको हो ।

न्यानो कपडा वितरण गर्नुहुदै प्रमुख अतिथि खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्नाङ)ले न्यानो कपडा वितरण गरेकोमा सहयोगीहरु प्रति धन्यवाद व्यक्त गर्नु हुदै, सम्पुर्ण विद्यार्थीहरुलाई पढाई, लेखाईका साथै समाज रुपान्तरणमा लाग्न आग्रह गर्नु भयो । साथै अध्यक्ष थिङले आफ्नो कार्यअवधि १८ महिना मात्रै रहेको भन्नु हुदै मत दिनुहुने सम्पुर्ण मतदाताहरुको मतको कदर गरेर काम गरेको बताउनु भयो ।

विषेश अतिथि सिंगापुरबाट पाल्नु भएको लामा गुरु तुब्तेन कर्मा रेन्बोछेले खानीखोला गाउँपालिका उपस्थित हुन पाउँदा खुसी व्यक्त गर्नु हुदै, आगमी दिनमा गाउँपालिकालाई सक्दो सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजसेवी तथा युवा नेता अविरल जिम्बाले आफु जन्मेको ठाउँको विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नु हुदै, खानीखोला गाउँपालिकामा मात्रै होइन देशको विभिन्न ठाउँहरुमा पनि सहयोग गर्दै आएको बताउनु भयो । वडा नं.३ का वडा अध्यक्ष सागर जिम्बाले सहयोगी सबैलाई धन्यवाद दिनु हुदैं, विद्यालयको लागि विगत देखि नै सहयोग गर्दै आएको र आगमी दिनहरुमा पनि विषेश सहयोग गर्ने बतानुभयो ।

कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) विषेश अतिथि सिंगापुरबाट पाल्नु भएको लामा गुरु तुब्तेन कर्मा रेन्बोछे, वडा नं. ३ को वडा अध्यक्ष सागर लामा, युवा नेता तथा समाजसेवी, अविरल जिम्बा, दैवलाल घिसिङ, राजन अधिकारी, बिरेन्द्र लामा, जिवन घिसिङ, पत्रकार मोतीलाल मोक्तान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका शिक्षक शिक्षिका लगायत विद्यार्थीहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

केटाकेटी मुल हाउस फ्रान्स र ठुलि रत्नमान जिम्बा फाउण्डेशनले विभिन्न विद्यालयमा पुगेर न्यानो कपडा वितरण मात्रै होइन विभिन्न दुखी पीडितहरुलाई सहयोग गर्दै आएका छन् । ट्रेक, सुट, जुत्ता, मोजा र टोपी वितरण गरेपछि विद्यालय व्यस्थापन समिति, विद्यालयका शिक्षक शिक्षिकाहरुले सहयोगीहरु प्रति धन्यवाद दिनुका साथै न्यानो कपडा पाएसँगै विद्यार्थीहरु पनि खुसी भएका छन् ।

केटाकेटी मुल हाउस फ्रान्सका वरिष्ठ समाजसेवी भिम गोलेको विषेश पहलमा र ठुलि रत्नमान जिम्बा फाउण्डेशनको समन्वयमा सम्पन्न भएको उक्त ट्रेक, सुट, जुत्ता, मोजा र टोपी वितरण कार्यक्रममा सिंगापुरबाट पाल्नु भएको लामा गुरु तुब्तेन कर्मा रेन्बोछेले उपस्थित सबैलाई वाङ दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय