काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका वडा नं. ६ बनखुमा जन्म भई हाल चितवनको शक्तिखोर निवासी ३९ बर्षिय टेक बहादुर बि.क.ले उपचारको लागि सहयोगको अपिल गरेका छन् । टुयुमर रोगबाट पीडित बि.क.लाई उपचारको लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो ।

पीडित बि.क.का अनुसार आज भन्दा ३ बर्ष पहिले चितवानको चितवन मेडिकल कलेजमा चेकजाँच गर्दा टुयुमर भएको पत्ता लागेपछि अप्रेसन गर्नुपर्ने भएको र त्यहाँ अप्रेसन गर्न महांगो खर्च लाग्ने भएपछि काठमाडौको वीर अस्पतालमा आएर अप्रेसन गरेको उनले बताए । हाल अप्रेसन गरेको ठाउँमा फेरी त्यति नै ट्युमर पलाएको र दुखाई पनि बढी भएकोले थप अप्रेसनको लागि नेपालमा होइन, भारतमा गर्नु पर्ने डक्डरले सुझाव दिएपछि त्यहाँ जानको लागि खर्च समेत नभएको उनले बताए ।

अहिलेसम्म उपचारमा ४ लाख भन्दा बढि खर्च भइसकेको छ, थप उपचारको लागि भारतमा जानुपर्ने डक्टरको सुझाव छ, म संग १ रुपैया पनि छैन, थप उपचार तथा अप्रेसनको लागि आर्थिक अभाव भएकोले सहयोग गरिदिनु हुन अनुरोध छ । उनको भनाइ छ ।

‘अप्रेसन पछि हात र खु्ट्ट पनि बिस्तरै चल्न छोडिसकेको छ, एउटा साने झुपडी घर मात्रै छ, ३ वटा छोरीहरु छन् तर सानै छ, आम्दानीको श्रोत केहि छैन, समस्या झन झन बढ्दै गएको छ ।’ त्यसैले सहयोगको अपिल गरेको उनको भनाइ छ ।

बि.क लाई सहयोग गर्न चाहानु हुनेले पीडित बि.क.को बहिनि मनुमाया खातीको सिटिजन बैंकको खाता नं. ०५८०१००००१७२४०४१ मा रकम जम्मा गर्न सक्नुहुनेछ । थप जानकारीको लागि पीडित टेक बहादुर बि.क.को मोबाइल नम्बर ९८४५३८३५७७ वा ग्लोबल खबरको टिमलाई सम्पर्क गर्नसक्नु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय