काभ्रेपलाञ्चोक। सडक निर्माणमा आलटाल गरेको आरोप लगाउदै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ का स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेका छन ।

भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा झरेको पहिरो ब्याबस्थापन, पहिरोको कारण दर्जन गाउँ जोखिममा परेको र अबौ राजस्व संकलन हुने नाकालाई वेवास्ता गरेर सडक निर्माणमा आलटाल गरेको आरोप लगाउदै राजमार्ग अवरुद्ध गरेका हुन्।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईले शनिबार बिहानबाट स्थानीयले राजमार्ग अवरुद्ध गरेको जानकारी दिए । उनका अनुसार स्थानीयले कालो ब्यानर सडकमा टाँगेर राजमार्ग अवरुद्ध गरेका छन ।

ब्यानरमा लेखिएको छ, ‘वार्षिक २०औ अरब राजश्व संकलन हुने नाकालाई वेवास्ता किन? दशकौसम्म पहिरो नियन्त्रण किन गरिएन ? हाम्रो बाँच्न पाउने अधिकार खै? सरकार कहाँ छ? अब हामी मौखिक प्रतिबद्धता र कागजी प्रक्रिया मान्दैनौ, तत्काल समाधानको कार्य सुचारु गरियोस‘

राजमार्ग अन्तर्गत १० किलो, कोप्लाङ, घट्टेखोला, ईको, कोदारी र लिपिङ लगाएतका स्थानीयले सरकारले दिएको झुटो आश्वासनका कारण राजमार्ग अवरुद्ध गर्न बाध्य भएको बताएका छन्।

गत बर्खामा अरनिको राजमार्गको भोटेकोशी गाउॅपालिका भीत्रका सडक खण्डका विभिन्न स्थानमा लेदो सहित आएको पहिरोले सडक अवरुद्ध भएको थियो । महिनादेखि बन्द भएको राजमार्ग दशैंको मुखमा आँशिक खुलेको थियो ।

त्यातिखेर अवरुद्ध अरनिको राजमार्ग खुलाउन सडक विभागका महानिर्देशक डा विजय जैसी सहित पहिरो विशेषज्ञको टोलीले अवरुद्ध सडक खण्डको अवलोकन समेत गरेको थियो।

अनुगमनका क्रममा महानिर्देशक जैसीले सडकलाई अल्पकालिन र दिर्घकालिन गरेर दुई चरणमा निर्माण गर्न लागेको जानकारी दिएका थिए । उनले भनेका थिए, ‘दशै नजिकिँदै गएको कारण अल्पकालिन रुपमा तत्काल एकतर्फी भएपनि सडक खोल्ने र कात्तिक मसान्त सम्ममा सडकलाई दिर्घकालिन रुपमा बनाउने गरि काम सुरु गर्ने।‘

त्यातिखेर महानिर्देशक जैसीले भने अनुसार कै काम पनि नभएको स्थानीयको आरोप छ । ‘पहिरोका कारण जोखिममा परेका स्थानीयको माग नै बस्ती जोगाएर सडक बनाइदिनोस भन्ने छ । उनीहरुले बग्न लागेको गाउँ जोगाएर बलियो सडक बनाउन आग्रह गरेका छन् ।,- भोटेकोशी २ का वडा अध्यक्ष कुमार श्रेष्ठले भने, ‘कात्तिक मसान्त सम्ममा सडकलाई दिर्घकालिन रुपमा बनाउने गरि काम शुरु गर्ने भनेको सडक बिभागले बजेट नै सुनिश्चित गरेन । त्यसपछि स्थानीयले राजमार्ग अवरुद्ध गरे ।‘

स्थानीयले पहिरोका कारण माथिल्लो भेगमा रहेको बस्ती जोखिममा रहेको र कुनै पनि बेला ठूलो विपद् निम्तिन सक्ने खतरा बढेकोले दिगो रुपमा सडक निर्माणको माग गरेको उनीहरूको भनाई छ ।

गुम्बाडाँडा, मिलन बजार, लालबिर चोक, चौकीडाँडा, गुम्बाडाँडा, कोदारी गुम्बा, कुदुङ, ताक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार, तामाङ गुम्बा गाउँ पहिरोको उच्च जोखिममा छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय