काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिकाको कफीलाई अवलोकन गरेका छन् । जनक माध्यमिक विद्यालय भकुण्डेका शिक्षक तथा विद्यार्थीहरुले शनिबार महाभारत–१ थिङटोलमा रहेको किसानहरुको कफी खेतमा अवलोकन गरेको हो ।

अवलोकनमा कफी खेती कसरी गर्ने, उत्पादन कसरी बढाउने लगायत कफीको विषयमा विभिन्न जानकारी लिएका थिए । किसानहरूलाई कफी खेतीतर्फ आकर्षित गर्न र स्वदेशमै कफी खेतीको विस्तार गर्न काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले कफी खेतीलाई प्रोत्साहन गर्दै आएका छन् ।

महाभारत गाउँपालिकाले एक बोट कफीको विरुवा रोपेबापत २० रुपैयाँ दिने अभियान सुरु गरेको छ । गाउँपालिकाका केही वडामा कृषकहरुले आफ्नै तरीकाले कफी खेती गर्दै आएपनि महाभारत गाउँपाकिालाई नै ‘कफी जोन’ बनाउने उदेश्यले गत वर्षदेखि ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) बताए ।

महाभारत गाउँपालिकामा समुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन सुरु भएसँगै किसानहरूले गर्दै आएको कफी उत्पादनको क्षेत्रमा उत्पादन गुणस्तर र उत्पादकत्व वृद्धिका लागि कफी प्रशोधन प्रविधि तालिम प्रदान गरिएको छ ।

गाउँपालिकाले एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको जनाएको छ । पालिकाले कफी किसानलाई उत्पादनमा आधारित अनुदान दिने कार्यविधिसमेत बनाएको छ । गाउँपालिकामा उत्पादन भएको कफी नेपालमा मात्रै होइन जापन, नेदरल्याण्ड लगायत अन्य विभिन्न देशमा निर्यात हुने गरेको छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय