महाभारत, काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिका वडा नं. १ निवास साईलीमाया गोलले मुटुको रोगको उपचारका लागि सहयोगको अपिल गरेका छन् । राम बहादुर गोलकी श्रीमति बर्ष ५१ को साईलीमायाले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देश विदेशमा रहनुभएका नेपालीसँग आर्थिक सहयोगका लागि अनुरोध गरेको हो ।

साईलीमायाँ चार वर्षयता मुटुको रोगसँग लडिरहेको छ। उनले भनिन, “उपचार प्रक्रिया महँगो छ। तर, उपचार गर्दा रोग निको हुनसक्छ भन्ने डाक्टरको सल्लाह छ। त्यसैले मैले सबैलाई आर्थिक सहायताका लागि आग्रह गरेकी हुँ।”

साईलीमायाँलाई चार वर्ष अगाडि मुटुको रोग भएको पुष्टि भयो । उनको उपचारको लागि विभिन्न अस्पतालहरुमा उपचार गर्दा लाखौं खर्च भएको र अहिले उपचार मात्रै होइन औषधी किन्न समेत पैसा नभएको उनका श्रीमान राम बहादुरले ग्लोबल खबरलाई बताए । गाउँ मै सामन्य खेति किसान काम गर्दै आएको गोले परिवारमा मुटु रोग जस्तो ठुलो लागे पछि आर्थिक समस्या भएको हो ।

परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।

  • QR

मुटु रोग भएकी साइलीमाया गोेले तामाङलाई सहयोग गर्न चाहानेले सुबास गोलको ग्लोबल आईएमई बैंकको खाता नं. २१७०७०१००७७६८६ मा जम्मा गरिदिन वा ९७६२२५७९१२३ मा सम्पर्क गर्न आग्रह गरेका छन् । साथै ग्लोबल खबरको टिमलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय