खानीखोला, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका समितिको आयोजनामा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार दिननाथ गौतमसँग अगुवा कार्यकर्ता भेटघाट तथा विस्तारित बैठक सम्पन्न भएको छ।

बैठकले अविरल जिम्बाको नेतृत्वमा ४५१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरेका छन् । साथै ३०१ जनाको वाइसिएल नागरिक सुरक्षा टिम बनाउने निर्णय गरिएको नेपाली कम्युनिष्ट पार्टी खानीखोला गाउँपालिका अध्यक्ष युवा नेता तथा समाजसेवी अविरल जिम्बाले जनकारी दिनुभयो ।

माघ १९ गते खानीखोला गाउँपालिका–तालढुङ्गामा सम्पन्न कार्यक्रममा निर्वाचन परिचालन समितिको बैठकसमेत गरिएको थियो। बैठकमा उम्मेदवार गौतमले विगतदेखि नै जनताको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै आगामी निर्वाचनमा विजयी भए क्षेत्र नम्बर–१ का जनताको आवश्यकता र मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले नेपाली कम्युनिष्ट पार्टी अन्य दलभन्दा फरक ढंगले जनतामाझ जाने, बोलेका कुरा व्यवहारमा उतार्ने पार्टी भएको दाबी गर्दै खानीखोला तथा क्षेत्र नम्बर–१ का सम्पूर्ण मतदातालाई पार्टीलाई जिताइदिन आग्रह गर्नुभयो।

कार्यक्रमका क्रममा उम्मेदवार टोलीलाई खानीखोला गाउँपालिका–७ महांकाल र वडा नम्बर–६ माझिटार हुँदै तालढुङ्गासम्म स्थानीयवासी तथा कार्यकर्ताहरूले उत्साहपूर्ण स्वागत गरेका थिए।

कार्यक्रममा केन्द्रीय सदस्य अकल बहादुर थिङ (महेश), सहसंयोजक मुकुन्द गौतम, बागमती प्रदेश सचिव इन्द्र बहादुर थिङ (छिन्ताङ), समानुपातिक उम्मेदवार मिना पाख्रीन, युवा नेता दैबलाल घिसिङ (अनुसिल) लगायत पार्टीका प्रदेश, जिल्ला, पालिका तथा वडास्तरीय नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

आयोजकका अनुसार उक्त कार्यक्रमले खानीखोला क्षेत्रमा पार्टीको संगठनात्मक शक्ति थप सुदृढ बनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय