काभ्रे । नेकपा (एमाले)का नेता तथा पुर्व मन्त्री शेरबहादुर तामाङलाई प्रश्न गर्दै दक्षिण कोरियाबाट एक युवाले कार्यकर्ताको आँखामा छारो हाल्नकै लागि राष्ट्रिय सुरक्षासँग जोडिएको निकायप्रति मजाक गर्नु लज्जास्पद भएको बताएको छ ।
नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाको उपाध्यक्ष गोकुलप्रसाद दंगालले नेता तामाङले फेसबुकमा पोष्ट गरिएकोे स्टाटसको ६ नम्बरको बुँदलाई लिएर यस्तो बताएका हुन् ।
नेता तामाङले सो बुँदेमा ‘… सरकारी गुप्तचर सर्वेले नै एमालेले जित्ने तथ्यांक निकालेका कारण अरु दल गठबन्धनमा रहने निष्कर्षमा पुगेकै कारणले एमालेलाई अब कसैले रोक्न सक्दैन’ लेखेको छ ।
सोही विषयलाई लिएर मञ्चको उपाध्यक्ष गोकुलले कार्यकर्तालाई भ्रमित बनाउन सुरक्षा निकायको बदनाम गर्न मिल्छ ? भन्दै प्रश्न गरेको हो ।
उनले आफ्नो फेसबुकमा नेता तामाङलाई प्रश्नको चाङसहित स्टाटस लेखिएको छ । उनले यसरी लिएको छः
‘माननिय शेरबहादुर तामाङ ज्यु को स्टाटस देखेर अचम्मित भैयो,कार्यकर्ताको आँखामा छारो हाल्नकै लागि राष्ट्रिय सुरक्षासंग जोडिएको निकायप्रति मजाक गर्नु झनै लज्जास्पद र भत्सर्नायोग्य छ …
माननीय ज्युलाई थाहा हुनुपर्ने गुप्तचर निकाय प्रधानमन्त्रीको मातहतमा हुन्छ, उसले गर्ने हरेक रिपोर्टिङ तहगत रुपमा प्रधानमन्त्रीसम्म पुग्छ ।प्रधानमन्त्रीले प्राप्त गरेको सुचना राष्ट्रिय सुरक्षाको विषयमा गम्भीर देखिएमा सुरक्षा परिषदमा लगेर छलफल गराउन र आवश्यक परेमा सर्वदलीय वैठक डाकेर समेत जानकारी गराउन सकिन्छ । त्यो भन्दा वाहेकका सुचना प्रधानमन्त्रीसम्म पुगेर रोकिन्छ भने एमालेले उक्त सुचना कसरी पायो ??? एक त प्रतिपक्षले यस्ता सुचना पाउनै सक्दैन ,यदि गुप्तचरले यस्ता सुचना विचमा चुहावट गरेमा दण्डनीय अपराध नै ठहरिन्छ भने ६ नम्बरको वुँदा कुन आधारमा लेख्नुभयो ?? यदि सुचना पाएकै हो भनेपनि फेसवुकमा यसरी सार्वजनिक गर्न मिल्छ ?? कार्यकर्तालाई भ्रममा पार्नकै लागि राष्ट्रिय अनुसन्धान विभाग जस्तो संवेदनशील निकायको गोपनियतामाथि अविस्वास पैदा गर्ने गरि एक सांसदले लेख्नु अत्यन्तै निन्दनीय छ । कानुनी राज्यका जिम्मेवार सांसदले यस्ता संवेदनशील विषयमा गम्भीर वन्नुपर्ने हैन र ?’ Gokul Prasad Dangol