महाभारत, काभ्रे । लक्ष्मी सन्राईज बैंक महाभारत गाउँपालिका शाखाको सहयोगमा महाभारत–२, जोरछांगा स्थित सेती देवी प्राथमिक विद्यालयका १५ जना विद्यार्थीलाई ट्र्याक सुट वितरण गरेको छ ।

बैंक कर्मचारी सज्जन स्याङतानको उपस्थितमा भौगालिक विकटता तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी अध्ययन गर्दै आएको उक्त विद्यालयका विद्यार्थीका लागि शुक्रबार मौसममा उपयुक्त हुने ट्र्याक सुट वितरण गरेको हो ।

२०६५ सालमा स्थापन भएको उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म सञ्चालनमा छन् । विद्यायलका विद्यार्थीहरुलाई ट्र्याक सुट प्राप्त भएपछि विद्यालयका प्रधानाध्यपक गंगाराम वाइबा तामाङले सहयोगी बैंकलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय