काभ्रेपलाञ्चोक । काभ्रेको महाभारत गाउँपालिका–३ सानो पोखरा निवासी ५७ वर्षीया कान्छीमाया ब्लोनले मुटु रोगको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्।

लामो समयदेखि मुटुरोगसँग संघर्ष गरिरहेकी कान्छीमाया हाल काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत छिन्। यसअघि उनको धुलिखेल अस्पतालमा उपचार गरिएको थियो। चिकित्सकहरूका अनुसार उनको मुटुको भल्बमा गम्भीर समस्या देखिएको छ र शल्यक्रियामार्फत भल्ब फेर्नुपर्ने अवस्था रहेको छ।

उनकी छोरी रन्जिता तामाङका अनुसार, आमाको उपचारमा हालसम्म ७ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। चिकित्सकहरूले थप उपचारका लागि अझै लाखौं रुपैयाँ आवश्यक पर्ने बताएपछि परिवार आर्थिक संकटमा परेको छ।

सामान्य खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएको ब्लोन परिवारले उपचारका लागि घरमा रहेका गाईभैँसी बिक्री गर्नुका साथै कफी खेतीबाट प्राप्त आम्दानीसमेत खर्च गरिसकेको जनाएको छ। तर, थप उपचारका लागि आवश्यक रकम जुटाउन नसक्दा उपचार नै प्रभावित हुने अवस्था आएको परिवारले जनाएको छ।

आर्थिक अभावका कारण जीवन रक्षाका लागि सहयोगको याचना गर्नुपरेको भन्दै ब्लोन परिवारले देश तथा विदेशमा रहेका सबै सहयोगी मनहरूसमक्ष सहयोगको अपिल गरेको छ।

सहयोग गर्न इच्छुक व्यक्तिहरूले कुमारी बैंक लिमिटेडमा कान्छीमाया ब्लोनको नाममा रहेको खाता नम्बर १४८०३५७९८०६००००१ मा रकम जम्मा गर्न सक्नेछन्। साथै थप जानकारीका लागि ९८४२७४९९५५ नम्बरमा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ।

“सानो सहयोगले पनि एउटा जीवन बचाउन सकिन्छ,” भन्दै परिवारले मानवीय सहयोगका लागि सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय