काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले सङ्घीय सरकार र प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट परम्परागत पहुँच र प्रभावका आधारमा विनियोजन गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष जिम्बाले योजना छनोटका लागि मापदण्ड र आयोजना बैंकको नाममा विभिन्न गोष्ठी तथा बैठक आयोजना गरी आयोजना माग फाराम भराउन लगाएर सर्वसाधारण तथा जनप्रतिनिधिलाई अनावश्यक दुःख दिइएको टिप्पणी गरेका छन्।

उनले यस्ता प्रक्रिया प्रभावकारीभन्दा बढी औपचारिकतामा सीमित भएको उल्लेख गर्दै राज्यकोषको व्यापक दुरुपयोग भएको दाबी गरेका छन्। उनका अनुसार योजना छनोट तथा बजेट विनियोजन प्रक्रियामा यस वर्ष राज्यकोषको दुरुपयोग झनै बढेको नयाँ प्रवृत्तिका रूपमा देखिएको छ।

अध्यक्ष जिम्बाले विकासका योजनाहरू आवश्यकता, प्राथमिकता र स्पष्ट मापदण्डका आधारमा छनोट हुनुपर्नेमा पहुँच र प्रभावका आधारमा बजेट बाँडफाँट गरिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय