काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–७ उध्याउनेका ३६ वर्षीय हरिबहादुर लो भारतबाट नेपाल फर्किने क्रममा सम्पर्कविहीन भएका छन्।

परिवारका अनुसार कामको सिलसिलामा भारत गएका लो बिरामी परेपछि नेपाल फर्किरहेका थिए। त्यसक्रममा उहाँको मानसिक अवस्था पनि सामान्य नरहेको बताइएको छ।

बसका चालक तथा सहचालकका अनुसार भारतको नागपुर नजिक मनसर क्षेत्रमा राति करिब १२ बजेतिर बस इन्धन भर्ने क्रममा हरिबहादुर बसबाट बाहिर निस्किएका थिए। चालक तथा सहचालकले लामो समयसम्म खोजी र प्रतीक्षा गरे पनि उहाँ फेला नपरेपछि बस गन्तव्यतर्फ अघि बढेको जनाइएको छ।

बसमा रहेका यात्रुहरूका अनुसार बस रोकिनुअघि हरिबहादुरले “मलाई यहीँ रोक्नुहोस्, मेरो घर आइपुगिसक्यो, मलाई कहाँ लैजान खोजेको हो?” भन्दै कराइरहेका थिए।

हरिबहादुर लोको उचाइ करिब ५ फिट ५ इन्च, गहुँगोरो वर्ण, दुब्लो शरीर र कालो कपाल रहेको परिवारले जनाएको छ।

परिवारले विशेष गरी भारतको नागपुर तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायसँग उहाँको खोजीमा सहयोग गरिदिन अनुरोध गरेको छ। कसैले हरिबहादुर लोबारे कुनै जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा परिवारका सदस्यलाई सम्पर्क गरिदिन आग्रह गरिएको छ।

सम्पर्क नम्बर:
मेन्दो मायाँ लो : ९७६१७४०७३८ (श्रीमती)
सन्देश लामा : ९८२८२४८३४३ (भाइ)
खुसाल लामा :९८०८४८४८१४ (भाइ)

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय