काठमाडौं  । लायन्स क्लब काठमाडौं इन्टरप्रेनरशिपको आयोजनामा मानव सेवाको भावनालाई आत्मसात गर्दै आयोजित स्वेच्छिक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा १६ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन्।

त्रि.वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र (T.U. Lions Blood Transfusion and Research Centre) को प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, सदस्य, समाजसेवी तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका अवसरमा समाजसेवा तथा मानवहितका कार्यमा निरन्तर सक्रिय रहँदै आउनुभएका बनेपा, काभ्रेका राजन अधिकारीलाई स्वेच्छिक रक्तदानमार्फत पुर्‍याउनुभएको योगदानको कदर गर्दै प्रशंसापत्र (Certificate of Appreciation) प्रदान गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले “रक्तदान जीवनदान” भन्ने सन्देशलाई व्यवहारमा उतार्न स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले एक जनाको रक्तदानले धेरै बिरामीको जीवन बचाउन सक्ने भएकाले यस्ता मानवीय अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताए।

आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहभागीप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि रक्तदान, स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय