काठमाडौँ । जनकपुरबाट असार २५ गते सुरु भएको मिटरब्याजविरुद्धको पैदल न्याय मार्च आज चौथो दिन सर्लाहीको लालबन्दीबाट अघि बढेको छ।

राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले थालेको यात्राको गन्तव्य काठमाडौँ हो ।

न्यायको खोजीमा निस्किएका सहभागी ‘चुपचाप तमसूक फाड’ र ‘अधिकार माग्न काठमाडौँ जान पर्दैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर मार्चमा सहभागी भएका छन्। उनीहरू प्रत्येक दिन करिब २० देखि २६ किलोमिटर पैदल यात्रा गर्दै राजधानी आइरहेका छन् ।

आयोजकका अनुसार सरकारले चारपटक सहमति गरे पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दबाब दिन फेरि काठमाडौँ गुन्जायमान बनाउनुपर्ने अवस्था आएको हो । उनीहरू करिब एक साताभित्र काठमाडौँ पुग्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय