काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१, धाप मगरगाउँकी खिली माया लुङ्गेली फोक्सोको क्यान्सरबाट पीडित हुनुभएको छ। आर्थिक अवस्था कमजोर रहेका कारण उपचारका लागि आवश्यक खर्च जुटाउन परिवारलाई कठिनाइ भइरहेको छ।
भक्तपुर क्यान्सर अस्पतालमा गरिएको परीक्षणका क्रममा लुङ्गेलीको बायाँ फोक्सोमा क्यान्सर भएको पुष्टि भएको परिवारले जनाएको छ। चिकित्सकले नियमित उपचारसँगै थप उपचार आवश्यक रहेको बताएका छन्।


लुङ्गेलीले यही जेठदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएको छ। हालसम्म उपचारका क्रममा लाखौँ रुपैयाँ खर्च भइसकेको र थप उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गर्नुपरेको उहाँका श्रीमान् गुप्तबहादुर दर्लामीले बताउनुभयो।
सामान्य खेती–किसानी गरेर जीविकोपार्जन गर्दै आएको दर्लामी परिवारका लागि क्यान्सरजस्तो जटिल रोगको लामो र खर्चिलो उपचार धान्न कठिन भएको हो। लुङ्गेलीका पाँच छोरी र एक छोरा छन्।
परिवारले देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्त, शुभेच्छुक तथा सहयोगी मनहरूलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गरेको छ।
परिवारका अनुसार सानो सहयोगले पनि लुङ्गेलीको उपचारमा ठूलो राहत पुग्नेछ। त्यसैले मानवीय भावनाका साथ सहयोग गरी उपचारमार्फत उहाँको जीवन बचाउने अभियानमा साथ दिन परिवारले आग्रह गरेको छ।
“तपाईंको सानो सहयोग, कसैको जीवन बचाउने ठूलो आधार बन्न सक्छ।”
सहयोगका लागि
खातावाला : रंगबहादुर दर्लामी मगर
बैंक : लक्ष्मी सनराइज बैंक
खाता नम्बर : ०९३०५१८७६७२०९००१
सम्पर्क :
रंगबहादुर दर्लामी मगर : ९८६१३३२९२१
गुप्तबहादुर दर्लामी (बिरामीका श्रीमान्) : ९७६१७५६४१६
थप जानकारी तथा सहयोगका लागि ग्लोबल खबरको टिमलाई समेत सम्पर्क गर्न सकिनेछ।











