
महाभारत,काभ्रे । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिदै जाँदा काभ्रेको महाभारत गाउँपालिकाका दलहरु चुनावी अभियान लिएर मतदाताका घर–घरमा पुग्न थालेका छन् । उम्मेदवार सहित चुनावी अभियान टोल,वस्ती र घर–घरमा पुगेपछि गाउँमा चुनावको माहोल तातेको छ ।
मतदाताका घर–घरमा पुगेका उम्मेदवारहरुले आफ्नो कार्यकाल भित्र गर्न सकिने विकासका अल्पकालिन र दिर्घकालिन योजनाहरु सुनाउँदै मत माग्न सुरु गरेका छन् । घरहरुमा विभिन्न पार्टीका राता झण्डाहरु फहराएका छन् । जसले गर्दा गाउँघरमा चुनावी माहोल छाएको छ । टोलछिमेकमा उम्मेदवारका वारेमा बहस र छलफल सुरु भएको छ ।


गाउँपालिकाका ८ वटै वडामा उम्मेदवारहरु यतिखेर मतदातालाई फकाउन घर–घरमा पुग्न थालेका छन् । स्थानीय तहको विकास र समृद्धिको मुख्य नारा लिएर दलका उम्मेदवारहरुले मतदातालाई फकाउन घर–घरमा पुग्न थालेका हुन । उम्मेदवारहरुले सामूहिक र व्यक्तिगत रुपमा मतदातासँग भेटघाटलाई तिव्रता दिएका छन् ।
महाभारत गाउँपालिकामा क्रियाशिल नेकपा माओवादी केन्द्र,नेपाली काँग्रेस र नेकपा एमाले लगायत साना दलहरुले चुनावी अभियान लिएर मतदाताका घर घरमा पुग्न थालेपछि गाउँमा राजनैतिक जागरण छाएको छ । उम्मेदवारहरु घरघरमा आउन थालेपछि मतदाताहरु पनि उत्साहित देखिन्छन् ।
नेकपा एमालेले गाउँपालिकाका सवै वडामा चुनावी अभियान सञ्चालन गरेको गाउँपालिकाको अध्यक्ष जगत मोक्तानले बताउनुभयो । अभियानका क्रममा घरदैलो र चुनावी सभाका कार्यक्रम भएको उहाँले बताउनुभयो । गाउँपालिकाका ८ वटै वडामा उम्मेदवार खडा गरेको नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
यस्तै नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले गाउँपालिका स्तरमा प्रत्येक वडामा चुनावी परिचालन कार्यक्रम गरेका छन् भने वडा स्तरमा भने मतदाताका घरघरमा पुगेर भेटघाट गरेको छ । उम्मेदवारहरुलाई मतदाताका घर(घरमा पुर्याएर परिचय गर्ने र मत माग्ने कार्यक्रम सञ्चालन गरेको नेकपा माओवादी केन्द्र महाभारत गाउँपालिकाका सचिव अमर बहादुर अस्तानी (रिजन)ले बताउनुभयो । पालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षका लगायत वडा सदस्य उम्मेदवार सहित गाउँपालिकामा चुनावी अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
गठबन्धनको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारमा चुनावी तालमेल गरेसँगै काँग्रेस र माओवादीले संयुक्त रुपमा चुनावी कार्यक्रम लिएर वडा वडामा पुगेका छन् । अध्यक्षमा नेकपा माओवादी केन्द्रका कान्छालाल जिम्बा (संसार) र उपाध्यक्षमा नेपाली कांग्रेसका सागर मोक्तान उम्मेदवार हुनुहुन्छ । वडा स्तरमा गठबन्धनको दलभित्र चुनावी तालमेल गर्ने भनेपनि अन्तिम समयमा सिटको भागबन्डा नमिलेपछि मित्रवत प्रतिस्पर्धामा उम्मेदवारी दिएका छन् । उम्मेदवार दिए संगै दलहरुले वडामा फरकफरक अभियान संचालन गरेका छन् ।
गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षमा पुर्ण बहादुर वाईबा र उपाध्यक्ष शान्ति तितुङ राना मगर उम्मेदवार हुनुहुन्छ । एमालेको सबै वडामा उम्मेदवारहरु रहेका छन् । त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीको तर्फबाट धन बहादुर आलेको उम्मेदवार हुनुहुन्छ ।
महाभारत गाउँपालिकाको दलहरूको वडाका उम्मेदवारहरु
नेकपा (माओवादी केन्द्र)को तर्फबाट
नेपाली कांग्रेसको तर्फबाट
नेकपा एमालेको तर्फबाट