
महाभारत, काभ्रे । ८ वडा रहेको काभ्रेको महाभारत गाउँपालिकामा हालसम्म ६ वटा वडाको अन्तिम मत परिणाम प्राप्त भएको छ ।
प्राप्त मत परिणामका आधारमा नेकपा माओवादीले ३ वडामा निर्वाचित भएको छ नेपाली कांग्रेस ३ वटा वडामा निर्वाचित भएका छन् ।


नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित वडा
महाभारत गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा नेपाली कांग्रेसको ताराबहादुर रान मगरलाई पराजित गर्दै माओवादी केन्द्रका कान्छामान जिम्बा (रोहित) निर्वाचित भएका हुन् । रोहितले ७ सय २० मत ल्याउँदा ताराबहादुरले ३ सय २१ मात्र मत ल्याए ।
वडा नं. ४ को अध्यक्षमा नेपाली कांग्रेसको सोभा सिं लामालाई पराजित गर्दै माओवादी केन्द्रका विशाल मोक्तान निर्वाचित भएका हुन् । विशालले ३ सय ७१ मत ल्याउदा सोभाले ३ सय ४१ मत ल्याए ।
वडा नं. ६ को अध्यक्षमा नेकपा एमालेको जगत मोक्तान लाई पराजित गर्दै माओवादी केन्द्रका रमेशकुमार लुङ्गेली निर्वाचित भएका हुन् । रमेशकुमारले ६ सय ९ मत ल्याउदा जगतले ४ सय ४३ मत ल्याए ।
नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित वडा
वडा नं. २ को अध्यक्षमा माओवादी केन्द्रको मीन बहादुर वाईबालाई पराजित गर्दै नेपाली कांग्रेसका पदम बहादुर मोक्तान निर्वाचित भएका हुन् । पदमले ५ सय ५१ मत ल्याउदा मीनबहादुरले ५ सय ३७ मत ल्याए ।
वडा नं. ३ को अध्यक्षमा माओवादी केन्द्रको आशा कुमार आलेलाई पराजित गर्दै नेपाली कांग्रेसका कार्साङ लामा निर्वाचित भएका हुन् । कार्साङले ५ सय ९४ मत ल्याउदा आशाकुमारले ४ सय ८९ मत ल्याए ।
वडा नं. ७ को अध्यक्षमा माओवादी केन्द्रको जोग बहादुर घलानलाई पराजित गर्दै नेपाली कांग्रेसका खड्ग बहादुर श्रेष्ठ निर्वाचित भएका हुन । खड्गले ५ सय ४१ मत ल्याउदा जोगले ४ सय ८८ मत ल्याए ।
वडा नं. ५ को विवादको कारणले वडा अध्यक्ष मात्रै मत गणना रोकेको छ भने वडा नं. ८ को मत गणना भइरहेको छ ।