
महाभारत, काभ्रे । महाभारत गाउँपालिकाको सबै वडाको मत गणना सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रले पाँच वटा वडा र नेपाली कांग्रेसले ३ वटा वडा जितेका छन् ।
नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष, ५ वडाध्यक्ष, ४ दलित महिला सदस्य, ५ महिला सदस्य र १२ खुल्ला सदस्य गरी २७ पदमा जितेको छ।


नेपाली कांग्रेसले गाउँपालिका उपाध्यक्ष, ३ वडाध्यक्ष, ३ दलित महिला सदस्य, ३ महिला सदस्य र ४ खुल्ला सदस्य गरी १४ पदमा जितेको छ। दलित महिला सदस्य १ एकीकृत समाजवादीले जितेको छ ।
गाउँपालिकाको अध्यक्षमा एमालेका पुर्ण बहादुर वाईबालाई १ हजार ६९६ बढी मतले हराउँदै माओवादी केन्द्रका कान्छालाल जिम्बा (संसार) निर्वाचित भएका हुन् । जिम्बाले ४ हजार ८९१ मत ल्याउँदा एमालेका वाइबाले ३ हजार १९५ मात्र मत ल्याए ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेका शान्ति तितुङ राना मगरलाई पराजित गर्दै कांग्रेसका सागर मोक्तान निर्वाचित भएका हुन् । मोक्तानले ४ हजार १६९ मत ल्याउँदा मगरले १ हजार ५३० मात्र मत ल्याए ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित वडा
महाभारत गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा नेपाली कांग्रेसको ताराबहादुर रान मगरलाई पराजित गर्दै माओवादी केन्द्रका कान्छामान जिम्बा (रोहित) निर्वाचित भएका हुन् । रोहितले ७ सय २० मत ल्याउँदा ताराबहादुरले ३ सय २१ मात्र मत ल्याए ।
वडा नं. ४ को अध्यक्षमा नेपाली कांग्रेसको सोभा सिं लामालाई पराजित गर्दै माओवादी केन्द्रका विशाल मोक्तान निर्वाचित भएका हुन् । विशालले ३ सय ७१ मत ल्याउदा सोभाले ३ सय ४१ मत ल्याए ।
वडा नं. ६ को अध्यक्षमा नेकपा एमालेको जगत मोक्तान लाई पराजित गर्दै माओवादी केन्द्रका रमेशकुमार लुङ्गेली निर्वाचित भएका हुन् । रमेशकुमारले ६ सय ९ मत ल्याउदा जगतले ४ सय ४३ मत ल्याए ।
वडा नं. ५ को अध्यक्षमा नेपाली कांग्रेसको कमल बहादुर वाइबालाई पराजित गर्दै माओवादी केन्द्रका विजय राना मगर निर्वाचित भएका हुन् । विजयले ५ सय ४४ मत ल्याउदा कमलले ५ सय ४२ मत ल्याए ।
वडा नं. ८ को अध्यक्षमा नेपाली कांग्रेसको प्रसन्न कुमार वाइबा तामाङलाई पराजित गर्दै माओवादी केन्द्रका टंक बहादुर आले निर्वाचित भएका हुन् । टंकले ६ सय ९४ मत ल्याउदा प्रसन्नले २ सय ७५ मत ल्याए ।
नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित वडा
वडा नं. २ को अध्यक्षमा माओवादी केन्द्रको मीन बहादुर वाईबालाई पराजित गर्दै नेपाली कांग्रेसका पदम बहादुर मोक्तान निर्वाचित भएका हुन् । पदमले ५ सय ५१ मत ल्याउदा मीनबहादुरले ५ सय ३७ मत ल्याए ।
वडा नं. ३ को अध्यक्षमा माओवादी केन्द्रको आशा कुमार आलेलाई पराजित गर्दै नेपाली कांग्रेसका कार्साङ लामा निर्वाचित भएका हुन् । कार्साङले ५ सय ९४ मत ल्याउदा आशाकुमारले ४ सय ८९ मत ल्याए ।
वडा नं. ७ को अध्यक्षमा माओवादी केन्द्रको जोग बहादुर घलानलाई पराजित गर्दै नेपाली कांग्रेसका खड्ग बहादुर श्रेष्ठ निर्वाचित भएका हुन । खड्गले ५ सय ४१ मत ल्याउदा जोगले ४ सय ८८ मत ल्याए ।