महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिकामा अहिले सम्म पक्की सडक पुग्न सकेको छैन्। बर्खायममा असुरक्षित यात्रा गर्न बाध्यता छन् । तत्कालिन ५ वटा गाबिस समेटेर महाभारत गाउँपालिका घोषणा गरिएको थियो । ती मध्ये गोकुले पनि हो जुन गाउँपालिकाको वडा नं. १ र २ पर्छ । अहिले पनि स्थानीय पिठ्युमा भारी बोकेर गुजरा चलाउनु परेको छ। तर त्यहाँको सुन्दरता वर्णन गरि नसक्नु छ। थरीथरीका फुल। बहुमुल्य जडिबुटीको खानी जस्तै छ। त्यो क्षेत्र। भौगोलिक रुपमा जति विकट मानिए पनि सुन्दरताका हिसावले निकै निकट मानिदै आएको छ।

जोसुकैले पैदल यात्रा गर्दा सुरुवातमा निकै कष्टपुर्ण अनुभुति गर्छन्। जब हिड्दै अघि बढ्छन्। त्यहाको प्राकृतिक सौन्दर्यताले लालयित हुन्छन्। गन्तब्यमा पुगिसकेपछि मात्रै त्यो दृश्यको बिभिन्न कोणबाट ब्याख्या गर्न थाल्छन्।अहिले सम्म पक्की सडक जोडिन नसकेको प्रति दुख पोख्छन्। त्यहाँ महाभारत लेक भित्रको घना जंगल भित्र थरीथरिका रुख बिरुवा। खोला नालामा बग्ने कञ्चन चिसो पानी। स्थानीय पहिरनले मनै लोभ्याउँछ। बिकट्ता भित्रको सुन्दरताको खानी भएपनि स्थानीय सरकारले पहिचान गर्न सकेको छैन ।

यो क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण छ। प्राय गाउँपिच्छे बिभिन्न देविदेवताका मठमन्दिर छन्। पुर्खाहरुको भाषा संस्कृति कायमै छ।खर, जस्ता र ढुङ्गाको छानाले छाएका घरहरु छन्। गाउँमा पक्की सडक पुग्न सकेको छैन्। सडक निर्माणाधिन अवस्थामा छ। पुल नबन्दा सम्म सडक प्रयोगमा आउन सक्ने देखिदैन्। पुलहरु पनि निर्माणाधीन अवस्थामा छ ।यस क्षेत्रमा परम्परागत रिति संस्कृतिले भरिपुर्ण भएकोले आधुनिकताले हस्तक्षेप गर्न सकेको छैन्।

यहाँको सुन्दरता हेर्न पाउँदा जुनसुकै ब्यक्ति मोहित हुनेछन्। यो क्षेत्र अध्ययन अनुसन्धानको क्षेत्र बन्ने प्रबल संभावना छ। प्रायप्त चरन क्षेत्र भएकोले पशुपालनका दृष्टिले निकै उपयुक्त क्षेत्र पनि हो। स्थानीयले भने बिकासका नाममा जथाभावी डोजर प्रयोग गर्दा प्राकृतिक सुन्दरता हरण हुदै गएको बताउँछन्। वाातावरण प्रभाव मुल्याकंन नगरि खनिएको सडकले भूक्षय र बाढी पहिरोको संभावना बढेकोले सुन्दरता कुरुप बन्दै जान सक्ने अवस्थालाई दृष्टिगत गर्दै सुन्दरता बचाउने अभियान थाल्न स्थानीयले माग गरेका छन्।

अहिले काभ्रेको महाभारत गाउँपालिका वडा नं. १ र २ साविक गोकुले गाविसको प्रकृतिमा सुन्दरताको चाङ लागेको छ । प्राकृतिक सुन्दरताले प्रकृतिमै लुकामारी खेलिरहे जस्तो गरिरहेछ यहाँको प्रकृतिले । निरन्तर रुपमा परेको पानी प्रस्चात अहिले गोकुलेको आकाश खुलेको छ । बर्खा याम लागे सँगै चारैतिर हरियाली छाएको छ । छिनभरमै बादल लाग्ने, पानी पर्ने र छिनभरमै घाम लाग्ने भएपछि अहिले गोकुलेका गाउँघरहरु झनै सुन्दर देखिन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय