🔹अमृत योन्जन
काठमाडौं । पुर्व जनमुक्ति सेनका सदस्य अजय जिम्बालाई फोक्सो क्यान्सर भएको छ । काभ्रे जिल्लाको महाभारत गाउँपालिका – ३ फोक्सिङ्गटार निवासी जिम्बाको उपचारका लागि परिवारले सहयोगको अपिल गरेका छन् । फोक्सोमा क्यान्सर लागेका जिम्बा अहिले भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचाररात रहेका छन् ।

जिम्बाको उपचारको लागि ३० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भक्तपुर क्यान्सर अस्पतालले जनाएको छ। तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले सो बराबरको रकम जोहो गर्न सक्ने अवस्थामा परिवार छैनन्।

‘कमजोर आर्थिक हैसियत भएको परिवारले त्यत्रो पैसा कहाँबाट जुटाउन सक्नु र!’ अजयका दाइ उतरमान जिम्बाले ग्लोबल खबरलाई भने,‘त्यसैले हामी सबै मिलेर उनको उपचारको लागि रकम जोहो गर्न सबैसँग सहयोग मागिरहेका छौं।’

अजय २०५९ देखि जनमुक्ति सेना भएर काम गरे पनि २०६५ मा अवकाश लिएको थियो । उनको परिवारको मुख्य आम्दानीको स्रोत कृषिमात्रै हो। ‘वर्षभरिको उत्पादनले खान लाउन मात्रै हुन्छ,’ अजयका बुवा ७५ बर्षिय विर बहादुरले भने,‘ त्यसमाथि गरीखान सक्ने छोरा यसरी थला परेपछि हातमुख जोड्ने जोहो गर्नु कि उपचार खर्च जुटाउनु भन्नेमा छौं।’

परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।

फोक्सो क्यान्सर जिम्बालाई सहयोग गर्न चाहानु हुनेले बिरामीको दाइ उत्तर मान जिम्बा ९८५१०९६६६५ र समाजसेवी अमृत लामा ९८४१५०२८९७ मा मा फोन गर्न सक्नु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय