महाभारत/ काभ्रे । बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको दक्षिण भेगमा अवस्थित आर्थिक, राजनीतिक, सामाजिक दृष्टिले निकै पिछडिएको ठाउँ हो महाभारत गाउँपालिका । भौगोलिक दृष्टिले अति विकट र दुर्गम मानिएको यस ठाउँमा हालसम्म जिल्ला सदरमुकाम सम्म जोड्ने पक्की सडक सञ्जाल छैन । जिल्लाको १३ वटा स्थानीय तह मध्ये विकट र दुर्गम क्षेत्र हो डाँडापारी जसमा महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका पर्छ ।महाभारत गाउँपालिकाको कूल क्षेत्रफल १८६ वर्ग कि.मि. रहेको छ ।

सो गाउँपालिका मा २०७८ सालको जनगणना अनुसार कुल जनसंख्या १६ हजार १ सय ४८जना रहेको छ । गाउँपालिकाको केन्द्र सम्म कच्ची सडक मात्रै जोडिएको छ ।हाल सम्म पक्की सडक , बिजुलीको केन्द्रीय लाइन, र आमसञ्चार नपुगेको अबस्था छ । गाउँपालिकाको प्रायः सबै वडामा सडक सञ्जाल जोडिएको छ तर पक्की होइन ।महाभारत गाउँपालिकाका बासिन्दाहरू प्राय: कृषि /खेतिपाती गर्ने गर्छन् भने कतिपय मानिसहरू भने आर्थोपाजन गर्न खाडि मुलुक जाने गर्दछन ।

गाउँपालिकामा विशेष रुपले तामाङ, मगर, बाहुन–क्षेत्री, माझि, नेवार, दलित, पहरी आदि समुदायको बसोबास रहेको छ ।आफ्नो छुट्टै भौगोलिक, साँस्कृतिक, सामुदायिक पहिचान,रहनसहन, भेषभुषा, खानपिन छ महाभारत गाउँपालिका बासिको।

हुन त महाभारत गाउँपालिका आफैमा सुन्दर ,पवित्र र थुप्रै सम्भावना बोकेको गाउँपालिका पनि हो । उत्तरी सिमानामा रोशी गाउँपालिका दक्षिण सिमानामा कोखाजोर खोला, पूर्वीमा सिन्धुलीको रामपुर खोला र पश्चिम सिमानामा चौखोलाले यस गाउँपालिकालाई घेरिएको छ। गाउँपालिका दुर्गम हुनुमा सडक सञ्जाल प्रमुख समस्या हो भने यसका साथै बिजुली,सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्य, खानेपानी,बेरोजगारी, गरिवी, पनि प्रमुख कारण हुन ।

पर्यटकीय सम्भावना बोकेको काभ्रेको अग्लो सामुन्द्रिक सतहबाट अन्दाजी ३४०० मि. उचाइमा रहेको ताराखासे लेक र भुमीचुली चैत्यपानी लेक यसै गाउँपालिकामा पर्दछ । यस गाउँपालिकामा आधुनिक कृषि, पर्यटन तथा व्यापार,तरकारी खेती,कफी खेती,मौरी पालन,चिउरी उघोग,मौरी पालन,बाख्रा पालन, भैसि पालन,जङ्गल,यहा रहेका धार्मिक स्थल,जडिबुटी लगायतका थुप्रै सम्भावना रहेका छन् । यी यस्ता प्रचुर सम्भावना रहेको महाभारत गाउँपालिकाका अधिकांश बासिन्दा र युवाहरू गाउ ठाउमै रोजगारीका अवसर नपाएपछि पछिल्लो समयमा बिदेश जान बाध्य भएका छन् । विदेश गएर मजदुरी गरेर ,पसिना बगाएर पनि अधिकांश युवाहरू रित्तो हात घर फर्कने गरेका छन।

यी यस्ता सम्भावना महाभारत गाउँपालिकामै हुँदाहुँदै उक्त गाउँपालिका बासिहरुले अर्काको देशमा दुख गर्नु भन्दा आफ्नै देशमा केही न केही काम गरी आफू र आफ्नो घर परिवार लाई सम्बृद्ध गर्न सकिन्छ । बिषेश गरी महाभारत गाउँपालिका भित्रका युवाहरूले यसरी बिदेशीनु पर्ने अवस्था आइरहँदा गाउँपालिका भित्रका रीतिथिति, चालचलन, रहनसहन, भेषभुषा, भाषा, संस्कृति तथा मेला पर्व पनि लोप हुने अवस्थामा पुगेका छन् ।

बिशेष गरी महाभारत गाउँपालिकाका बासिन्दाहरूले बिदेशिदै गर्दा आफ्नो स्थानिय गाउँ ठाउमै आफैले काम गर्ने वातावरण सिर्जना गर्नु पर्छ । महाभारत गाउँपालिका सहित आठै वडाका सरोकारवाला निकाय ले पनि स्वदेशमै बसेर काम गर्न सक्ने युवा तथा नया व्यवसाय गर्न आत्तुर हुने युवा लाई पनि गाउँ ठाउमै वस्न सक्ने /काम गर्न सक्ने /आर्थिक सम्बृद्धि गर्न सक्ने बातावरण सृजना गर्न सके महाभारत गाउँपालिका कै आर्थिक सम्बृद्धि हुने मेरो बुझाई छ । महाभारत गाउँपालिकाको उक्त गाउँपालिका बासिको आर्थिक बिकास गर्न आखिरमा स्थानिय सरकार र स्थानिय बासिन्दा बिच सहकार्य गर्नु आवश्यक छ ।

हरेक गाउँ बस्ती कुना कन्दारामा रहेका आम गाउँपालिका बासिहरुका समस्याहरुलाई आत्मसाथ गरी महाभारत गाउँपालिकाले जनताका माग र समस्याहरू (कृषिमा आधुनिकिकरण,पर्यटन तथा व्यापार को बिकास, रोजगारीका अवसर,धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण संवर्द्धन र प्रचार प्रसारमा जोड,मौलिक भाषा र संस्कृतिको संरक्षण,साना तथा मझौला उद्योग खोल्न आवश्यक सहयोग,बाख्रा,भैसि, कुखुरा,गाई,पालनमा अभिप्रेरित) गरी आम गाउँपालिका बासि को आर्थिक सम्बृद्धि गर्न सकिन्छ भन्ने आशा र अपेक्षा रहेको छ। गाउँपालिका भित्र का बासिन्दाहरूको हरेक महाभारत बासि युवा तथा अन्य बासिन्दाहरूले बिदेशीनुपर्ने बाध्यता नआई आफ्नै गाउँपालिका भित्र रोजगारीका अवसर सिर्जना गर्न सक्ने बातावरण बनोस् महाभारत गाउँपालिकालाई शुभकामना ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय