काठमाडौँ । पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफूले छोडेपछि पनि सहरी विकास मन्त्रालयबारे चासो र चिन्ता छाडेकी छैनन् । आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उनले सो मन्त्रालयका काम–कारबाहीबारे गहन रिपोर्टिङ गर्न पत्रकारहरुसँग आग्रह गरेकी छन् ।

आफूले मन्त्रालयमा हुँदा गरेका निर्णयहरु नयाँ आएका सहरी विकास मन्त्रालय मेटमणी चौधरीले उल्टाउन थालेको भन्दै उनले पत्रकार सम्मेलन गरेरै खबरदारी गर्ने प्रयास गरेकी छन् । यसमा पत्रकारहरुको साथ चाहिने उनको भनाइ थियो ।

झाँक्रीले आफूले धेरै कसरत गरेर विभिन्न निर्णयहरु गरेको तर अहिले आफ्नै पार्टीका अर्का मन्त्रीले उल्टाउन थालेको बताइन् । आफ्नो नेतृत्वमा सहरी नीति, युटिलिटी करिडोर, सिंहदरबारको मास्टरप्लान लगायत ठुला नीतिगत कुरा अघि बढाएको उनको भनाइ थियो ।

तर नतिजा आउनै नपाई आफूलाई फिर्ता बोलाइएकोप्रति उनको असन्तुष्टि रहँदै आएको छ । आफ्नै पार्टीका अध्यक्ष माधवकुमार नेपालले रौतहटमा आफ्नो निर्वाचन क्षेत्रमा मन्त्रालयका योजनाविनाका कार्यक्रम शिलन्यास गरेको भन्दै उनले थप असन्तुष्टि व्यक्त गरेकी छन् ।

भिडियो :-

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय