काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवन ३ बाटै उम्मेदवार बन्ने बताएका छन् । सुर्खेत विमानस्थल परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यसअघि पनि आफूले सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएको बताए थिए ।उनले भने, ‘मैले प्रस्ट भनिसकेको छु, चितवनको क्षेत्र नम्बर–३ । म पहिला पनि त्यहीँबाट लडेको हुँ, अहिले पनि त्यहीँबाट लड्नेछु ।’

अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको राम्रो प्रभाव रहेको भन्दै सन्तुलित ढंगको तालमेल गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय