• खानीखालाले ‘हामी बनाउँछौँ, हाम्रो खानीखोला’ मुल नाराका साथ संविधान दिवस मनाइयो

खानीखोला, काभ्रे । खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले नेपालको संंविधान विश्वकै एक क्रान्तिकारी संविधान भएको बताएका छन् । संविधान दिवसको अवसरमा गाउँपालिकाद्धारा आयोजित शुभकामना अदानप्रदान कार्यत्रममा यस्तो बताएका हुन् ।

अध्यक्ष थिङले सहिद, बेपत्ता तथा घाईते योद्धाहरुको ठुलो संघर्ष र बलिदानबाट आएको परिवर्तनको उपज लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई संस्थागत गर्न सवै लाग्नुपर्ने बताए । ‘आज हामी जुन ठाउँमा छौँ, सहिदको बलिदान तथा घाइते, बेपत्ता योद्धाहरुको योगदानबाट प्राप्त त्यो संविधानको उपज हो’ उनले भने, ‘संविधान संस्थागत गरियो र संस्था बलियो भयो भने मात्र देश बलियो हुन्छ ।’

अध्यक्ष थिङले संविधानमा मुख्य तीन कुरा समावेशी समानुपातिकता, राज्यको आग्रमी पुर्नसंरचना र गणतन्त्र मुलतः संघीयता रहेको बताए । उनले संविधानभित्र महिला, दलित सबैको अधिकारको सुनिश्चिता भएको बताए ।

त्यस्तै प्रतिस्पार्धत्मक नभई सहभागीतामुलक लोकतन्त्र उचित भएको उनको भनाई छ । उनले भने, ‘अहिलेको संविधानको मुल कुरा भनेको सहभागीतामुलक लोकतन्त्र नै हो ।’

अध्यक्ष थिङले संविधान अपुर्णतासँगै यसको क्रियाशिलता र संविधानले दिएको हक अधिकारका बारेमा सोच्नु पर्ने पनि बताए । उनले संविधान बनाउँदै गर्दा प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनु पर्ने परिकल्ना भएका पनि राजनित दलबिच असमजदारी कामय हुँदा पुरा हुन नसकेको बताए । यद्यपी माओवादीले यस विषय उठाउँदा असहमती जनाउँदै आएपनि पछिल्लो समय अन्य राजनितिक दलले पनि कार्यकारी राष्ट्रपति हुनु पर्ने धारण राख्न थालेकोले निकट भविष्यमा यो पुरा हुँदै जाने विश्वास व्यक्त गरे ।

त्यस्तै अध्यक्ष थिङले कार्यकारी राष्ट्रपतिसँगै पुर्ण समानुपातिक निर्वाचन प्रणाली र संघीयता पहिचान सहितको हुन नसक्दा संविधान अपुर्ण भएको दाबी गरे । साथै उनले संविधान असंशोधनीय दस्तावेज नभएकोले आगमी दिनमा त्यसलाई समेटेर लानु पर्ने बताए । त्यसैगरी उनले स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहको निर्वाचन एकै पटक हुनु पर्नेमा जोड दिए ।

अध्यक्ष थिङले शाही सरकार जनताको हित विपरित भएकाले माओवादी जनयुद्ध र १९ दिने जनआन्दोलनको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष आदि आएको बताए । उनले अझै खतरा नटरेको हुँदा त्यसको रक्षको लागि सबैजना एकजुट हुनु पर्नेमा जोड दिए ।

जिल्लाको विकट क्षेत्र खानीखोलाले ‘हामी बनाउँछौँ, हाम्रो खानीखोला’ मुल नाराका साथ शुभकामना अदानप्रदान तथा दिपावली गरेर संविधान दिवस मनाइएको छ । अध्यक्ष थिङले संविधानले दिएको हक अधिकारलाई प्रयोग गर्दै स्थानीय सरकारले दिने सेवा सुविधामा पारदर्शी रहने भन्दै संविधान दिवसको सम्पुर्ण नेपालीहरुमा शुभकामना समेत दिएका छन् ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले नेपालको संविधानको मर्म अनुसार हक अधिकारको प्रत्याभुती दिलाउनका लागि काम गरिरहेको र त्यसका लागि सवै तहबाट साथ सहयोग आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय