- खानीखोलामा दुईथरीका मान्छे !
- दशैँ अघि नै सबै बाटो खुल्ने
- प्रदेश गलत भन्नु संविधानको भावना विपरीत
खानीखोला, काभ्रे । जिल्लाको विकट खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले खानीखोलाको विकास प्रारम्भिक चरणमा रहेको बताएका छन् । गाउँपालिकामा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।
अध्यक्ष थिङले खानीखोलाको विकासको चरण अहिले बेर्नाको अवस्थामा रहेको र उक्त बेर्नामा अपेक्षा गरिए अनुसार नै फल लाग्ने बताए । ‘मैले खानीखोलको जनताको हितमा काम गर्ने गरी भोट प्राप्त गरेको छु,’ उनले भने, ‘त्यो भोटको अपमान नहुने गरी काम गर्ने संकल्प गरेको छु ।’


अध्यक्ष थिङले थपे, ‘साउनको १५ गतेदेखि मलाई लागतार फोन आइरहेको छ, बाह्रै महिना गाडी चल्छ भनेको खोई रु एउटा त्यो प्रश्न, बाटो किन नखोलेको भन्ने अर्को प्रश्न लगातार रुपमा आइरहेको छ । तर प्रश्न गर्ने जनतासँग सरकार प्रमुख भएकोले हिसावले मैले रिसाउन पाउँदैन । किनकी जनतालाई म माथि प्रश्न गर्ने अधिकार छ । त्यतिवेला बाटो खन्न लागेको भएका यति हामीले करिब १० करोडको बाटो खनिसक्थे । दिनदिनै खोल्दै भत्किदै गर्छ, जम्मा हामी ९गाउँपालिका०सँग ५० हजार बजेट छ ।’
खानीखोलामा दुईथरीका मान्छे !
गाउँपालिका अध्यक्ष थिङले आफुहरु विकासको प्रारम्भिक चरणमा रहेकोले काम गर्ने तयारीमा रहेको बताए । ‘हामी काम गर्ने तयारीमा छौँ, कहिले कहीँ हाम्रो खानीखोलामा दुई थरीका मान्छे भेट्छौँ । बाँझो फेरियो, बीउ छरियो, बीउ उम्रियो । बीउ उम्रियो मात्रै होइन बेर्ना सारियो । बेर्नाले भर्खर लिदै छ आकार मतलव सर्दैछ, हैन फल दिदैन त भनेर त्यो बेनालाई च्याप्प समातेर हल्लाउन थाले भने त्यो बेर्नाले फल दिन्छ कि मार्छ रु,’ उनले भने, ‘त्यसले फल त दिदैन त बरु मर्नतिर जान्छ । खानीखोला सरकारको अवस्था त्यो हो । हामी भर्खर प्रारम्भिक चरणमा छौँ ।’
दशैँ अघि नै सबै बाटो खुल्ने
अध्यक्ष थिङले दशैं अगावै खानीखोलासँग जोड्ने सबै बाटो खुल्ने बताए । ‘आवश्यक सरसफाई तथा स्तरोउन्नती गरेर सबै नागरिकको घरमा सहजै दशैंको समान आइपुग्ने गरी बाटो खुल्ने छ,’ उनले भने, ‘कहिलेकहीँ मान्छे परिस्थितिलाई नबुझी हतारो गर्छ तर त्यो उसको नभई चेतनाको दोष हो ।’
त्यस्तै तथ्य नबुझी शंकामा संमाजिक संजालमा अनावश्यक बोल्ने, लेख्ने जस्ता काम नगर्न आग्रह गरेको छ । तर त्यसमा मेरा कुनै असहमती भने छैन ।
त्यस्तै गाउँपालिकाले दिपावली गरेर संविधान दिवस मनाउने योजनानुसार नै नेपालको नक्सा बनाएसँगै दिप प्रज्वलन गरि मनाएको जनाइएको छ । सोही अनुरुप ‘हामी बनाउँछौँ, हाम्रो खानीखोला’ मुल नाराका साथ संविधान दिवस मनाइएको हो ।
प्रदेश गलत भन्नु संविधानको भावना विपरीत
अध्यक्ष थिङले प्रदेश सरकार ठीक छैन, गलत छ भन्नु संविधानको भावना र आन्दोलनको मुल र्मम विपरित भएको बताए । उनले विकासको माग तथा छलफलको दृष्टिकोणले प्रदेश सरकार नै स्थानीय तहको लागि सजिलो भएको बताउँदै प्रदेशबाट खानीखोलाको शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, यातायात लगायतमा मात्रै २९ वटा योजना रहेको सुनाए ।
उनले केन्द्र सरकारले जनसंख्याको आधारमा नभई विकटताको आधारमा स्थानीय तहलाई बजेट छुट्याउनु पर्ने बताए । यसमा राज्यले विकट स्थानीय तहलाई हेला गरेको उनको भनाई छ ।
उनले संविधानले दिएको हक अधिकारलाई प्रयोग गर्दै स्थानीय सरकारले दिने सेवा सुविधामा पारदर्शी रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा जनप्रतिनिधि तथा विभिन्न दलका नेताहरुको उपस्थिति रहेका थिए ।










