• पटक–पटक मृत्युको नजिक पुगेर बाँचेको सुनाउने दैवलाल नाफको जिन्दागी जिइरहेको बताउँछन् ।

काभ्रे । नेकपा (माओवादी केन्द्र)ले काभ्रेको प्रतिधिनिसभा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख)को प्रत्यक्षतर्फ उम्मेदवारको लागि दैवलाल घिसिङ ‘अनुशिल’लाई सिफारिस गरिएको छ । यद्यपी आकांक्षी धेरै भएकोले निर्णय भने हुन सकेको छैन । जवच

दश वर्षसम्म राज्यका ज्यादती विरुद्ध हतियार उठाएका विद्रोही कम्युनिष्ट नेतामध्येको एक काभ्रेली नेता दैवलाल घिसिङ करिब ८ वर्ष तत्कालीन नेकपा माओवादी पार्टीको नेतृत्वमा भएको जनयुद्धमा पुर्णकलीन रुपमा होमिए ।

विद्यालयमा अध्ययनरत रहँदै पार्टीको भातृसंगठन हुँदै पुर्णकलीन रुपमा लागेको दैवलाललाई राजनीतिक यात्राकै क्रममा पार्टीले उनको नाम क. अनुशिल राखे । उनलाई अहिले वास्ताविक नामले भन्दा त्यही उपनामले बढी चिनिने गर्छन् । उनै दैवलाल घिसिङ ‘क. अनुशिल’ करिब २५ वर्षको राजनीतिक यात्रामा पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका अहिले काभ्रेको प्रतिनिधि सभा १ को प्रदेश सभा (ख) प्रत्यक्षतर्फबाट उम्मेदवारको सिफारिसमा परेका हुन् ।

झण्डै साढे दुई दशकअघि राजनीति शुरु गरेको उनले पार्टीमा नै सिर्जना थिङसँग जनवादी विवाह गरेका थिए । पहिलो पटक खुल्ला पत्रकार सम्मेलनमा प्रधानमन्त्री निवास बालुवाटारबाट प्रचण्ड सार्वजनिक भएसँगै खुला रुपमा अन्य नेतासँगै दैवलाल विभिन्न राजनितिक कार्यक्रममा देखा पर्दै आएका छन् । अहिले प्रदेशको प्रत्यक्षतर्फ सिफारिसमा परेका उनी पार्टीले टिकट दिए निर्वाचनमा होमिने तयारी गरिरहेका छन् ।

उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको अन्तरविरोधको विश्लेषण गरी त्यसमा मज्जाले खेल्न सक्ने तथा आफ्नो धारण बनाउन सक्ने कुशल नेता समेत हुन् । यही परिचयका आधारमा उनी राज्य विरुद्धको १० वर्षे सशस्त्र संघर्षबिचमा विभिन्न जिम्मेवारी इमान्दारीपुर्वक वहान गर्दै अहिले प्रतिनिधिसभा १ को प्रदेशसभाको प्रत्यक्षतर्फको संसादको जिम्मेवारी सम्हाल्ने अवस्थामा आफूलाई ल्याई पु¥याउनको लागि पहिलो खुट्किलोको रुपमा मानिने टिकट प्राप्त गर्न प्रयासरत छन् ।

उनीसँग प्रतिनिधिसभा–१ को प्रदेशसभा (ख)लाई गरिबीमुक्त बनाई जनताको अवस्था बदल्ने जस्ता अनेकौँ योजनाहरु छन् । तर, उनले आफ्ना योजना पूरा गर्न पाउँछ–पाउँदैनन् त्यो भने निकट भविष्यमा उम्मेदवार टुंगो लागेसँगै आफ्नो पक्षमा निर्णय भएमा मंसिर ४ पछि नै थाहा हुनेछ । किनकी त्यसको लागि पार्टीबाट टिकट पाएसँगै निर्वाचनमा विजय हुन अवश्यक छ ।

तर असन्न निर्वाचनमा प्रदेशको प्रत्यक्षतर्फ सत्ता गठबन्धनबिच भागबण्डा हुँदा माओवादीले केन्द्रले प्रतिनिधिसभा–१ को प्रदेश सभा प्रत्यक्षतर्फ पाएको खण्डमा दैवलालले नै टिकट पाउने सम्भवना प्रवल रहेको नेताहरु बताउँछन् ।

काभ्रेमा प्रतिनिधिसभा–१ को प्रदेश सभा (क) प्रत्यक्षतर्फको उम्मेदवार चयन कांग्रेसको भागमा परेको अवस्थामा नेता दैवलालले नै टिकट पाउन सक्ने सम्भवाना अन्य प्रतिस्पर्धीको भन्दा बढी छ । त्यस्तै वडा, गाउँ तथा जिल्लास्तरका विभिन्न पार्टी नेता कर्ताकर्ताले समेत दैवलाललाई उम्मेदवारी दिनु पर्ने माग गरिरहेका छन् ।

यद्यपी काभ्रेका जनताले उनलाई टिकट पाएको अवस्थामा निर्वाचन जित्न सक्ने जन तथा विकासप्रेमी, इमान्दार, कुशल नेतृत्वदायी क्षमता भएको युवा नेताको रुपमा हेरिन्छ ।

विद्यार्थीबाट राजनीति आरम्भ
जिल्लाको विकट खानीखोला गाउँपालिका–२ (साविक फलामेटार गाविस–३ स्थित् पाञ्चोक अर्थात् बाईटोल)मा एउटा सामान्य परिवारमा जन्मिएका दैवलालले विद्यार्थीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए ।

जिल्लाको खानीखोला–५ (साविक साल्मेचालक गाविस)स्थित् ताल्ढुंगमा रहेको जनविकास माध्यमिक विद्यालयमा अध्ययनकै क्रममा २०५५ सालमा अनेरास्ववियुमा संगठित भएता पनि सोही वर्षकोे अन्त्यतिर अनेरास्ववियू (क्रान्तिकारी)मा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका उनी त्यसता हालसम्म माओवादीमा नै रहेर निरन्तर रुपमा आफ्नो राजनीतिक गतिविधि अघि बढाइरहेको छ ।

उनी २०५७ सालमा अखिल (क्रान्तिकारी)को जिल्ला समिति सदस्य बने । नेता दैवलालले विद्यार्थी जीवनबाट राजनिति सुरु गर्दा उनी केवल १४ वर्षका थिए ।

पुर्ण कालिन राजनीति
विद्यार्थी राजनीतिमा लागिरहेका दैवलाल अखिल (क्रान्तिकारी)को जिल्ला समिति सदस्य भएसँगै नेकपा (माओवादी)को सव एरिया सदस्य भए । यद्यपी उनी वि.स. २०५८ मंसिर २१ गतेदेखि भने अध्ययनलाई बिट मारेर पार्टीको पूर्ण कालिन कार्यकर्ता भएर राजनीतिमा लागेका हुन् ।

त्यसपछि ०५९ असोजबाट जिल्ला सदस्य हुँदै ०६० साल पार्टीको जिल्ला सचिवालय सदस्य बने । ०६१ असोजबाट सालमा जिल्ला जनमिलिसियाको जिल्ला इञ्चार्जको भूमिकामा रहेका थिए ।

त्यस्तै आफ्नो राजनीतिक जीवनमा ०६१ फाल्गुनबाट सैन्य उप व्युरो सदस्य तथा जनमुक्ति सेना जिम्मेवारी सम्हाल्दै २०६२ जनमुक्ति सेना नेपालको कम्पनी समिसार बने । त्यसपछि ०६५ सालमा पार्टीको ताम्सालिङ राज्य समिति सदस्य निर्वाचन क्षेत्रको संयोजक भुमिकामा रहे ।

उनी ०७३ सालबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य भए । ०७८ साल पौषबाट माओवादी केन्द्रको वाग्मती प्रदेश समितिको सम्मेलनबाट प्रदेश समितिमा निर्वाचित भएका थिए ।

स्पष्ट वक्ताको रुपमा चिनिने उनी हाल पार्टीको बागमती प्रदेश समितिको सचिवालय सदस्य तथा काभ्रे जिल्ला सचिवको जिम्मेवारीमा कार्यरत रहेका छन् ।

नाफाको जिन्दागी …
राज्यको ज्यादती विरोधी राजनीतिमा होमिदै गर्दा जनयुद्धको बेला दैवलाल पटक–पटक मृत्युको नजिक पुगेर जोगिएका सुनाउँछन् । त्यसैले दैवलाल आफुलाई अहिले नाफको जिन्दागी जिइरहेको बताउँछन् ।

तैपनि उनले जनयुद्धमा लागिरहँदा आफ्ना सहकर्मीहरुले झै निर्मम याताना सहेर जेलमा भने बस्नु नपरेको बताए । ‘संयोक भनौँ या भाग्यबस जनयुद्धमा हिडिरहँदा जेलमा भने बस्नु परेन,’ उनले भने, ‘एउटै थालमा खाना खाएर हिडेका कति साथीहरु जेलमै सहिद भएका छन् ।’

उनले यसरी दृश्तन्ता बताइरहँदा विगतको ती घटनाले चिमोटिएर होला उनको आँखामा आँसु टिलपिल गरिसकेको थिए । त्यपपछि केही बेर रोकिँएर उनीले पुनः संवाद सुरु गरेका थिए ।

आफ्नो राजनीतिक जीवनमा विभिन्न जिम्मेवारी कुलशतापुर्वक निर्वाह गर्दै आएको नेतामध्ये पर्छन् । यस्तै दैवलालका सहकर्मीत तथा प्रशंसकहरू उनलाई पार्टी र संगठनसँगै जनतको विचमा दुरीलाई व्यवस्थापन गर्न सफल व्यक्तिका रूपमा चित्रण गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय