काभ्रे । भक्तपुरको उर्गेन साङ्गे छ्योलिङ गुम्बामा ञ्युङ्ने अर्थात मौन व्रत सम्पन्न भएको छ । ञ्युङ्ने छोक्पा आमा समुहको आयोजनामा सुरु भएको त्रिदिवसीय महायाना उपोशथ ञ्युङ्ने सम्पन्न भएको हो ।

आमा समुहको अध्यक्ष यानी लामाले हरेक वर्ष दशैं/म्हेनिङको समयमा विश्वमा सुख, शान्ति, समृद्धि एवं समस्त जगत प्राणी हित र कल्याणको निमित्त ञ्युङ्ने राखिएको बताईन् । उनले पहिले व्यक्तिको घरमा ञ्युङ्ने राख्दै आएकोमा विगत ३ वर्षदेखि भने गुम्बामा राख्न थालेको बताईन् । उनले भने, ‘गुम्बा निर्माण हुनु अघि व्यक्तिमा घरमा ञ्युङ्ने राख्दै आएकोमा ३ वर्ष यता भने गुम्बामा सञ्चालन गरेको छ । यसले धेरै सजिलो भएको छ ।’

त्यस्तै समुहको सचिव सानी तामाङले ञ्युङ्नेमा ९९ जनाभन्दा बढी उपासक तथा उपासिकाहरुको सहभागिता रहेको जानकारी दिईन् । उनले जप, तप, ध्यान र व्रतको पालनाबाट मनलाई शुद्ध पार्नुका साथै धर्म प्राप्त गर्ने अभिप्रायले ञ्युङ्नेको आयोजना गरिएको बताईन् ।

ञ्युङ्ने खेन्पो ङावाङ होइसेरको नेतृत्वमा गुम्बाका प्रमुख लामा दावासहित १९ जना लामाले पाठ वाचन गरेका थिए । यस कार्यक्रम तान्त्रिक विधिअनुसार हुने हुँदा उपासक तथा उपासिकाहरु चोखो र शुद्ध बस्नुपर्ने हुन्छ ।

बहुसंख्यक मानिस दशैँमा बलि दिइने प्राणीहरुको आत्माको शान्तिको कामना गर्दै मौन व्रत बसेका हुन्छन् । त्यस्तै जीवनमा जानी वा नजानी गरिएका कुकर्म र पापबाट मुक्त हुने विश्वासका साथ बौद्धधर्मावलम्बी न्युङ्ने व्रत बस्ने चलन रहेको छ ।

ञ्युङ्ने व्रत मनलाई शान्त र धैर्य हुन सिकाउने एक किसिमको ध्यान अर्थात् उपसना हो । बौद्ध धर्मावलम्बी विभिन्न समयमा ञ्युङ्ने बस्छन् । दशैँमा बस्ने ञ्युङने व्रतको भने छुट्टै महत्व रहेको लामाको भनाइ छ ।

पहिले पहिले गुम्बामा लामागुरुहरु मात्र ञ्युङ्ने ब्रत बस्ने गर्थे तर पछिल्लो समय युवा र बालबालिका पनि उत्सुकताका साथ ञ्युङ्ने बस्ने गरेका छन् । ञ्युङ्ने बस्दा आफूले चाहेको कामना पूरा हुने र परिवारमा समेत सुखशान्ति हुने जनविश्वास रहेको छ ।

 

ञ्युङ्नेको कथा तथा जनविश्वास
‘‘देङनी सोगच्योद मी ज्यासीङ, श्येनग्यी न्होरयाङ लाङमी ज्या, ठीगपे छयोइक्यीङ मी च्योदची, जुगनी छीक्याङ मीम्राहो, कोननी माङपो ञेरतन्पे, छयाङनी योङसो पाङपर ज्या, धेश्येन दुइमा यीनपेस्हे, ठीदाङ ठेङवा ग्यानदाङ नी, गरदाङ लुसो पाङपर ज्या, ठीतेन छेधो मीज्या सीङ’’

माथिका वाक्यहरु बुद्ध बच्चन वा अष्ठशीलमा पालन गर्नुपर्ने नियमहरु हुन —जस्तै हत्याहिंसा नगर्ने, चोरी नगर्ने, झूठो नबोल्ने, बेबिचार नगर्ने, मत मदिरा सेवन नगर्ने, अकाल भोजन नगर्ने, सुन सुगन्धित गर गहना तथा लेपन नलगाउने र उच्च आशनमा नबस्ने वा आश नगर्ने भन्ने जस्ता नियमहरु पालन गरेर बौद्ध धर्मावालम्वीहरु ञ्युङ्ने बस्ने गर्छन् ।

दोस्रो काल खण्डमा बौद्ध परम्परामा व्रतको अति महत्व रहेको देखिन्छ । व्रत मध्येमा ञ्युङ्नेको झनै महत्व रही आएको छ । ञ्युङ्ने ३ दिनदेखि १६ दिनसम्म बस्ने गर्दछ । तीन दिनको ञ्युङ्ने बस्दा लगभग २६ घण्टा निराहार मौन बस्नु पर्ने हुन्छ ।

भनिन्छ गेलोङ पाल्मो (भिक्षुनी कमला) नाम गरेकी एक महिलालाई कहिल्यै निको नहुने रोग (महारोग अथवा कुष्ट रोग)ले पीडित हुँदा यही ञ्युङ्ने बसेर जाति भएको थियो । त्यसैबेला देखि नै यो ञ्युङ्नेको प्रभाव जनमानसमा पर्न गएको तथ्य पाईन्छ । यो ञ्युङ्ने व्रत नियमित गर्न सकेको खण्डमा शरिरको रोग निको हुनुसँगै अन्य रोगको प्रभाव समेत पर्दैन भन्ने धार्मिक मत रहेको छ ।

ञ्युङ्ने व्रत गरिने समयमा अवालोेकिेतेश्वरको मन्त्र जप गरिने भएकोे हुनाले अवलोकितेश्वार प्राणी मात्रको हित गर्ने, अकाल मृत्युको कुनै पनि प्रणीहरु समेतको मृतात्माले शान्ती गर्ने गराउने, मिल्ने भएको हुनाले बढी हत्या हिंसा हुने समयमा बौद्ध धर्म गुरुहरुले विभिन्न गुम्बाहरुमा यो व्रतको आयोेजना गर्ने गरेको पाईन्छ ।

ञ्युङने जीवनमा एकपटक बस्दा ४० कल्पको पाप काटिने धार्मिक विश्वास छ । यस्तै, देव र मनुष्यको उत्तम जन्म प्राप्त हुनेछ । आठ ञ्युङने मौनव्रत पालना गर्नले श्रोतापछि ज्ञान प्राप्ति हुने, अनि मृत्यु पछि देवाचेनको शिङखममा जन्म प्राप्त हुनेछ ।

करिव २५ ञ्युङने मौनव्रत पालना गर्नले सकृतणामी ज्ञान बराबर प्राप्त भई ८० कल्पको पाप काटिने छ । ५० ञ्युङने मौनव्रत पालना गर्न सके आनगमी ज्ञान बराबरी प्राप्त भई ८० हजार कल्पको पाप काटिनेछ । १०८ ञ्युङने मौन व्रत पालना गर्न सके अहर्त प्राप्त भई १० करोड कल्पको पाप अनि लेश आवरणहरू शुद्ध भई अपरामित बुद्धको सुखवती लोकमा जन्म हुने विश्वास छ ।

       

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय