
♦ जीवन तामाङ
पनौती, काभ्रे । पनौती नगरपालिका-११ मा रहेको श्री बल्थली बचत तथा ऋण सहकारी सस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शानिकार संस्थाको साधारण सभाको पनौति नगरपालिका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीको प्रमुख अतिथ्यातामा सम्पन्न भएको हो ।


कार्याक्रममा नगरपालिकाको प्रशासकीय अधिकृत अधिकारीले पनौती नगरभित्र आबश्यकता भन्दा बढी सहकारी बढेकाले विषय मिल्ने सहकारीलाई मर्ज गर्दै लानुपर्ने बताए । उनले सहकारीले सदस्यहरुलाई ऋण दिँदा सदस्यले कुन प्रयोजनको लागि लिईरहेका छन्,त्यसबारे बुझ्नु पर्ने र अनुगमन गर्नुपर्ने बताए । त्यस्तै सहकारीमा लागेर हामी कतिको समृद्धि भयौ भनेर बिचार गर्ने बेला समेत आएको उनको भनाई छ ।
कार्यक्रममा पुर्व वडा अध्यक्ष तारा मान लामाले सहकारीले आर्थिक लेनदेनमा मात्र सिमित नभई सामुदायिक बिकासको निम्ति सामुदायिक लगानीमा जोड दिनु पर्ने बताए । उनले ब्यबासायिक रुपमा सन्चालन गर्नका लागि लगानी गर्न आग्रह गर्दै सभाको सफलताको शुभकामना समेत व्यक्त गरे ।
त्यस्तै बागमती प्रदेश होमस्टे संघको अध्यक्ष गोविन्द हुमागाईंले ऋण लगानी गर्दा होमस्टे संचालनतर्फ पनि जोड दिन सकेमा देशभित्र केही हदसम्म रोजगारीको अवसर मिल्ने समेत बताए । कारितास नेपाल जिबिकोपर्जान कार्यक्रमका संयोजक कृष्ण कुमार तामाङले आफ्नो भनाई राख्ने क्रममा सहकारीको आगामी सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
साधारण सभामा च्यासिङ्खर्क बचत तथा ऋण सहकारीका प्रतिनिधि धावा लामा, लड्केश्वर अधारभुत बिद्यालयका प्रधानध्यापक बिष्णु प्रसाद शर्मा , जिल्ला सहकारी संघका संचालक सदस्य बाल कृष्ण दाहाल, खोपासी इलका प्रहरी कार्यालयका इन्चार्ज रबिन्द्र बस्नेत लगायतले साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष खुमाया तामाङको सभापतित्वमा सम्पन्न साधारणसभामा उत्कृष्ट सेयर खरिद कर्ता निकिता थापा, उत्कृष्ट बाल बचत कर्ता एमिशा तामाङ, उत्कृष्ट जेष्ठ नागरिक बचत कर्ता साईली तामाङलाई सम्मान तथा पुरस्कार प्रदान गरिएका छन् ।
संस्थाले हाल दुई करोड उनन्चास लाख अन्ठानब्बे हजार आठ सय बैसठ्ठीको आर्थिक कारोबार गरेको छ । सभामा अध्यक्ष तामाङले प्रतिवेदन पेश गरिएको थियो भने लेखा सुपरिवेक्षण समितीका संयोजक प्रमोद लामाले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै बन्द सत्रमा संस्थाका सचिव सीता तामाङ र कोषाध्यक्ष लखमाया लामाले आ–आफ्नो प्रतिवेदन पेश