काभ्रे । देशभरबाट मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनको अन्तिम मतमरिणाम दामदम आइरहेको छ । अधिकांश निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।
अहिलेसम्म देशभर प्रतिनिधिसभामा ६४ र प्रदेशसभातर्फ ९८ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेस संघमा २५ र प्रदेशमा ४४ सिट जितेका छन् ।


त्यस्तै नेकपा एमाले संघमा १५ र प्रदेशमा १८ जित्दा नेकपा माओवादी केन्दले संघमा ७ र प्रदेशमा १४ स्थानमा विजय हासिल गरेका छन् । त्यसैगरी नेकपा एकिकृत समाजवादीले संघमा ६ र प्रदेशमा ३, राष्ट्रिय स्वतन्त्र पार्टीले संघमा ५ र अन्य दलले संघमा ६ र प्रदेशमा २३ वटा निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेका छन् ।
थ्री ‘एस’को संयोक
यस्तैमा सिन्धुपाञ्चोकको केही निर्वाचन क्षेत्र समेत नतिजा सार्वजानिक भइसकेको छ । संयोक नै मान्नु पर्छ, सिन्धुपालञ्चोकबाट संघ र प्रदेशमा थ्री एस अर्थात् सुबोध, शरद र सरल निर्वाचित भएका छन् ।
अर्को संयोक जनयुद्धकालीन राजनीतिबाट हुर्केका उनीहरु तीनै जना माओवादी केन्द्रमा छन् । जनयुद्ध सुरु गर्दा संगै रहेका धेरै नेता कार्यकर्ताले नयाँ पार्टी खोल्नेदेखि अन्य दलमा प्रवेश हुँदा उनीहरु निरन्तर माओवादी केन्द्रमा नै रहिरहे ।
त्यस्तै अर्को संयोक वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारको रुपमा निर्वाचनमा होमिएका तीनै जनाले प्रतिस्पर्धीलाई पराजित गर्दै विजय हासिल गरे । तीनै जना सिन्धुपालञ्चोक जिल्लाका हुन्, यो पनि एक संयोक नै हो ।
थ्री एस अर्थात् सुबोध, सरद र सरलको वास्ताविक नाम क्रमशः माधव सापकोटा, युवराज दुलाल र सरल सहयात्री पौडेल रहेका छन् । उनीहरुको निकमेम तर्थात् उपनाम जनयुद्धको दैरानमा नै राखिएको हो । त्यसबेला सुरक्षाको दृष्टिकोणले वास्ताविक नाम लुकाएर उपनाम राख्ने र पार्टीमा त्यही नामले चिनिन्थे ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट सुबोध, सोही जिल्लाकै क्षेत्र नम्बर २ (क) बाट सरद र सिन्धुपाल्चोक–१ (ख) बाट सरल विजयी भएको हो । सरल लेखक तथा साहित्यकार समेत हुन् ।
सुबोध र सरलको लागि संसद्को यात्रा यो पहिलो हो भने सरद यसअघि नै संसद्को अनुभव बटुलिसकेका छन् । ०७४ को निर्वाचनमा विजयका शरद बागमती प्रदेशका समाजिक विकास मन्त्री समेत भइसकेको छ ।
को कहाँबाट निर्वाचित ?
सिन्धुपालञ्चोक क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका माधव सापकोटा (सुबोध) एमालेका उम्मेदवार सरेश नेपाललाई ३ हजार ३५४ मतले पछि पार्दै विजयी भएका हुन् । उनले ३० हजार ३७४ मत ल्याउँदा एमालेका नेपालले २७ हजार २० मत प्राप्त गरे । यसमा पनि एक संयोक मिल्छ, सुबोधसँग पराजित भएको एमालेका उम्मेदवारको पनि नाम ‘स’ बाटै सुरु हुन्छ अर्थात् सरेश ।
पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका ४० वर्षीय सुबोध सफल पनि भए । निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले युवा पुस्तालाई मौका दिने भन्दै आफु चुनावमा उठ्ने होडबाट बाहिरीएपछि पार्टीले उनलाई उम्मेदवार बनाएको थियो । उनी अग्निप्रसाद सापकोटाका भतिज हुन् ।

त्यस्तै सिन्धुपाल्चोक क्षेत्र नं. २ को प्रदेशसभा (क) मा युवराज दुलाल (सरद)ले एमालेका उम्मेदवार अमानसिं तामाङलाई पराजित गर्दै बागमती प्रदेश सभा सदस्यमा विजयी हात पारेका छन् । उनले २० हजार ९०६ मत ल्याए भने तामाङले १३ हजार ३९६ मत पाए । सरदले एमालेका तामाङलाई ७ हजार ५१० को मतान्तरले पराजित गरेको हो ।

त्यसैगरी सिन्धुपालञ्चोक १ को प्रदेशसभा ‘ख’ मा सरल सहयात्री पौडेल १७ हजार २५६ मत ल्याएर विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी एमालेका होमनारायण श्रेष्ठलाई ४ हजार २४३ को मतान्तरले पछाडि पार्दै उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले १३ हजार १३ मत प्राप्त गरेका थिए ।











