काभ्रे । तामाङ पत्रकार संघको वेबसाईट सार्वजनिक भएको छ। बुधबार संघले काठमाडौंको एयरपोर्टस्थित एक कार्यक्रमबीच वेबसाइट सार्वजनिक गरेको हो।

संघका अध्यक्ष सुवास योन्जनले संघको १९ औं स्थापना दिवसको अवसरमा वेबसाईट सार्वजनिक गरेको जानकारी दिए। उनका अनुसार तामाङ पत्रकारहरुको छाता संगठनसमेत रहेको संघको www.atjnepal.org.np नामक वेबसाइट सार्वजनिक गरेका हुन्।

संघको उपाध्यक्ष बुद्ध योन्जनले वेबसाईटमा होमपेज, हाम्रो बारेमा, पात्रो, प्रकाशन, उद्देश्य, समाचार, फोटो, अध्यक्षको सन्देश र समितिको सम्पर्क रहने बताए। उनले वेबसाईटमा राखिने पात्रो, प्रकाशन र समाचार सबै तामाङसँग सम्बन्धित मात्रै हुने बताए। ०६१ मंसिर २१ गते संघको आधिकारिक दर्ता भएको र सोही दिनलाई स्थापना दिवसको रूपमा मनाउँदै आएको उनको भनाइ छ।

त्यस्तै, संघको महासचिव तीर्थमान बलले सो अवसर पूर्वअध्यक्षहरुसँगको अन्तरक्रियासमेत भएको बताए। उनले संघको २२ जिल्ला शाखा, ३ वटा प्रदेश समिति र १ प्रवास शाखासमेत विस्तार भइसकेको जानकारी दिए।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष रविन्द्र तामाङसहित पूर्वअध्यक्षहरु दीपेन्द्र लामा, जगतमान दोङ, विष्णु मोक्तान, सल्लाहकार अमरध्वज लामा, अकोरापको उपाध्यक्ष मिलन गाहा, रेडियो नमोबुद्धका स्टेशन म्यानेजर हिरामान लामा लगायतको उपस्थिति थियो।

उनीहरूले संघले विगतमा गरेको कामलाई भुल्न नहुने र संघलाई समय अनुरुप परिस्कृत गर्दै लैजानु पर्नेमा जोड दिए । त्यसैगरी संस्थापक अध्यक्ष रविन्द्र तामाङ र पुर्वअध्यक्ष जगतमान दोङले संघले स्थापना गरेको अक्षयकोषको लागि जनही ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यस्तै तामाङले तामाङसँग सम्बन्धित तथ्यमा रहेर कुनै खालका लेख लेख्ने व्यक्तलाई वार्षिक २५ हजार रुपैयाँ समेत दिने बताए।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय