काभ्रे । राजनितिक दलहरुले समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको लागि काभ्रे जिल्लाबाट २ जनाको नाम छनोट गरेका छन् । प्रदेश सभा सदस्यका लागि जिल्लाबाट ४ जनाको नाम सिफारिस गरेका छन् ।

समानुपातिक सिट संख्या बाँटफाँट विवरण अनुसार राजनीतिक दलहरुले समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा बुझाएका छन् ।

नेकपा माओवादी केन्द्रले बुझाएको समानुपातिक सुचि अनुसार काभ्रे जिल्लाबाट आदिवासी महिलातर्फ मिना लामा र नेकपा एमालेबाट दलित महिला कोटा तर्फ रुक्मिनी राना बराइली लाई छनोट गरिएका हो । अन्य दलले जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा छनोट गरिएको छैन ।

समानुपातिक प्रदेश सभा सदस्यका लागि काभ्रे जिल्लाबाट ४ जनाको नाम सिफारिस गरेका छन् । एमालेले २ जना, नेकपा माओवादी केन्द्रले १ जना र नेपाली कांग्रेसले १ जनाको नाम सिफारिस गरेको हो ।

जिल्लाबाट प्रदेश सभा सदस्यका लागि एमालेबाट अप्सरा चौलागाई र ज्ञान बहादुर तामाङ, नेपका माओवादी केन्द्रबाट रुकु चौलागाई र नेपाली कांग्रेसबाट सुनो परियारको नाम सिफारिस गरेका छन् ।

यो संगै काभ्रे जिल्लाबाट प्रत्यक्षका २ सिटसहित ४ जनाले प्रतिनिधि सभा सदस्यमा सहभागी हुने भएका हुन् । त्यस्तै प्रत्यक्षका ४ सिटसहति ८ जनाले प्रदेश सभामा सहभागी हुने भएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय