काभ्रे । काठमाडौँ विश्वविद्यालय (केयू)को २८ औँ दीक्षान्त समारोहको पहिलो चरणमा करिब १ हजार ७ सय विद्यार्थी दीक्षित भएका छन् । विहीवार विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा आयोजित दिक्षान्त समारोहमा विभिन्न विधाका गरी १ हजार ६ सय ९६ जना दीक्षित भएका हुन् ।

कार्यक्रममा दीक्षित हुनेहरुलाई प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउबा, प्रमुख आतिथि वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल, डिन लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

केयूका उपकुलपति प्रा. डा. भोला थापाले दिक्षान्त समारोहमा विभिन्न विधाका ८ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ६ जना गरी १ हजार ६ सय ९६ जना विद्यार्थी दीक्षित भएको जानकारी दिए ।

उनका अनुसार २८ औँ दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रममा स्कुल अफ साइन्स, इन्जिनियरिङ, शिक्षा, म्यानेजमेन्ट, मानविकी संकाय, कानुन र मेडिकल साइन्सेज विधाका विभिन्न कार्यक्रमहरुमा अध्ययन पूरा गरेकाहरु दीक्षित भएको हो ।

तीमध्ये मानविकी संकायका २२० जना, शिक्षाका २०२, इन्जिनियरिङका २६, कानुनका ४०, म्यानेजमेन्टका ४६२ जना, मेडिकल साइन्सेजका ७०९ जना र साइन्सका ३७ जना विद्यार्थी रहेका छन् ।

दीक्षित हुनेमा पुरुषभन्दा महिला बढी
काठमाडौ विश्वविद्यालयको दीक्षित २८ औँ दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीहरुमा पुरुषभन्दा महिला बढी रहेको छ । हुने विद्यार्थीहरूमध्ये महिला ५६.८० प्रतिशत अर्थात् ९६५ जना र पुरुष ४३.२० प्रतिशत अर्थात् ७३४ जना रहेको छ । जुन पुरुषको भन्दा महिला १३.६० अर्थात् २३१ जना बढी हो ।

दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरूमा अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, मालदिभ्स, पोर्चुगल, रुस, सिङ्गापुर, स्पेन, श्रीलंका, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका १८६ जना अर्थात् १०.९५ प्रतिशत रहेका छन् । दीक्षान्तको २८ औँ समारोहसम्मा आईपुग्दा ४० हजार ३८ जना विद्यार्थी दीक्षित भइसकेको केयूले जनाइएको छ ।

चिकित्सा क्षेत्रमा केयूको ५० प्रतिशत योगदान
नेपालको चिकित्सा क्षेत्रमा सेवा प्रदान गरिरहेको कुल जनशक्तिमध्ये करिब ५० प्रतिशत योगदान रहेको काठमाडौँ विश्वविद्यालयको दाबी गरेको छ ।

केयूले ज्ञान तथा सीपलाई समाजसम्म लैजाने मुल उद्देश्यका साथ स्थापति विश्वविद्यालयका विभिन्न स्कुलहरुमा अहिले करिब ८५ वटा अनुसन्धानमूलक परियाजनाहरु सञ्चिालित रहेको जनाइएको छ ।

केयूले स्कुल अफ म्यानेजमेन्ट र स्कुुल अफ आर्टस्मा यसै वर्षदेखि चिनियाँ विद्यार्थीहरुका लागि Executive MBA र Masters in Develoment Studies का साथै भारतको आन्ध्रप्रदेशमा योगिक साइन्स (Yogic Science) र अन्य विषयको कार्यक्रमहरु सञ्चालनको तयारी गरिरहेको छ ।

विश्वबजारले मागेजस्तो गुयास्तरीय शिक्षा माफ्नै देशभित्र दिने र युवाहरुका लागि राजगारीको अवसर पनि दिने हो भने नेपालको आर्थिक र मानव संसाधनको क्षति बेहोर्नु पर्ने थिएन ।

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय