महाभारत काभ्रे । हेल्पिङ ह्यान्ड र रिजाल एन्ड रेवती एजुकेसन प्रोडक्सनले महाभारत गाउँपालिकाका एक विद्यालयका विद्यार्थीहरुलाई उपहार वितरण गरेको छ ।

महाभारत गाउँपालिका– १ स्थित श्री गोकुले मा.वि.का बाल कक्षा देखी १२ कक्षा सम्मका ४ सय ८ विद्यार्थीलाई विद्यालयको ६३ औ बार्षिकोत्सवको अवसरमा उपहार वितरण गरेका हुन् ।

ख्रीष्टियनहरुको महान पर्व ख्रीष्टमसको उपलक्ष्यमा विद्याथीहरुलाई उपहार स्वरुप झोला, टोपी, जुत्ता, मोजा, स्विटर, गल्बन्दी, चक्लेट, बिस्कुट, स्याउ, केरा र स्टेसनरी सामग्री वितरण गरेको हो ।

प्रोडक्सनले एक सय जना विद्याथीहरुलाई प्रथामिक उपचारको तालिम र प्रोमिक्स प्रोडक्सनको नाटक पनि संचालन गरेको थियो ।

इसाई धर्मलाई प्रचारप्रसार र धर्म परिवर्तन गर्नलाई नभई विद्यार्थीहरुलाई पढाईमा उत्प्रेरणा मिल्ने विश्वास सहित उपहार हस्तारण गरेको विद्यालयका शिक्षक तथा गोकुले बिलिभर्स ईस्टर्न चर्चका एल्डर मोहन दास श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा पुर्व उर्जा राज्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ (लालध्वज), बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ), महाभरत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) लगायत जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, स्थानीय अभिभावकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय