महाभारत, काभ्रे । काभ्रेको डाडाँपारी स्थित महाभारत गाउँपालिकामा केन्द्रिय विद्युत प्रसारण लाइनको परीक्षण सफल भएको छ । गाउँपालिकामा केन्द्रिय लाइनको बत्ती जडान गरी परिक्षण गर्ने कार्य सफल भएको हो ।
गाउँपालिकाको वडा नं. १, ३, ४, ५, ६, ७ र ८ को ट्रांसफर्मरमा बत्ती बालेर लाइनको परीक्षण गरेका छन् । बाँकी रहेको वडा नं. २ मा अबको ४ दिन भित्रमा परिक्षण गर्ने साइट इञ्चार्ज प्रतिक अर्यालले बताए । ४५ वटा ट्रांसफर्मर महाभारत गाउँपालिकामा ४० वटामा परिक्षण गरिकेका छन् । मुख्य लाइनको काम सम्पन्न संगै शााखा लाइनको कामलाई जति सक्दो छिटो अगाडी बढाएर यहि पुस मसन्त भित्रमा घरघरमा विद्युतको सेवा दिने गरि काम गरि रहेको साइट इञ्चार्ज अर्याल बताए ।


मुख्य लाइनको सबै ठाउँमा परिक्षण भए संगै पहिलो चरणमा महाभारत–३ फोक्सिङटार–४ र ५ बुढाखानीका सबै घरमा बत्ती बल्ने गरी काम सम्पन्न भएको छ । अहिले घरमा वायरिङ्गको कार्य भईरहेको छ ।
घरमा जडान गर्ने मिटर खरिदका लागि लाग्ने दुई हजार ६८५ मध्ये गाउँपालिकाले एक हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । ३ वटा वडाका एक हजार ३०० घरधुरीका लागि मिटर बक्स वितरण गरिसकेको जिम्बाले बताए। ‘जनतासँग जे प्रतिबद्धता जाहेर गरेको थिएँ’, उनले भने, ‘प्रतिबद्धता वेलैमा पूरा गर्नुपर्छ भनेर म आफैँ लागेको हुँ ।’
गाउँपालिकाका वडा नम्बर ६ र ७ मा धेरै कार्य सम्पन्न भएको छ भने वडा नम्वर १, २ र ८ मा धमाधम कार्य भइरहेको उनको भनाइ छ। महाभारत गाउँपालिकामा ३ हजार ३०० घरधुरी छन्।
केन्द्रिय विद्युत प्रसारण लाइन जोडिए संगै २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचन अघिसम्म नेपाल विद्युत्त प्राधिकरणको केन्द्रीय प्रसारण लाईनको सम्पर्कमा नरहेका महाभारत गाउँपालिकाका सर्वसाधारण विजुली बत्तिको उज्यालोमा बस्न पाउने भएका छन् ।
‘२०७४ सालमा हामी निर्वाचित भए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपाबाट निर्वाचित जिल्लाका सांसदहरु गंगाबहादुर दोङ्ग, गोकुलप्रसाद बास्कोटा, रत्न ढकाल, चन्द्र लामा, गोमा भुर्तेल लगायतलाई महाभारत पु¥याएर डाँडापारीका समस्या लिपिबद्ध गरेर बुझायौं’– गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘महाभारत र खानिखोलाबासीलाई बत्तिको अध्यारोबाट उज्यालो बनाउने अभियानमा नेपाल सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन गरी कार्य प्रारम्भ ग¥यो ।
रकम अपुग भएका कारण अधुरो रहेका आयोजना समापन गर्न पुनः ३० करोड रकम विनियोजन भएको महाभारत गाउँपालिका अध्यक्ष जिम्बाले बताए ।
विद्युत केन्द्रीय प्रसारण लाइन महाभारत गाउँपालिकामा परिक्षण गरे पछि अब खानीखोला गाउँपालिकामा गर्ने तयारीमा छन् । खानीखोलाका सबै वडामा मुख्य लाइन पुगिसकेको छ। शाखा लाइन विस्तारको काम भने धमाधम भइरहेको छ। दुवै गाउँपालिकाले यही वर्षभित्र सबै घरमा बत्ती बालिसक्ने गरी कामलाई तीव्रता दिएका छन्।










