बैतडी । कक्षा १२ को ग्रेड वृद्धि परीक्षाका लागि बैतडी जिल्लाभरका लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले सदरमुकामस्थित शाहिलेकमा रहेको वीरेन्द्र माविमा जिल्लाभरको परीक्षा केन्द्र तोकिएको जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्डले जिल्लामा एकमात्रै परीक्षा केन्द्र तोक्दा परीक्षार्थीलाई समस्या हुने जनाइएको छ । परीक्षा बोर्ड एउटा मात्रै केन्द्र तोकेकोले अब केन्द्र थप गर्न नसकिने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ ।
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा अगामी माघ २ र ३ गते बिहान ११ बजेदेखि सुरु हुनेछ । दुई विषयसम्मको ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था छ । ग्रेडवृद्धि परीक्षामा ३ सय विद्यार्थी सहभागी हुने जनाइएको छ ।