खानीखोला (काभ्रे) । काभ्रेको खानीखोला गाँउपालिका वडा नं. ४ का एक दर्जन बन्द बढि नेपाली कांग्रेसका स्थानयी नेता कार्यकताहरु नेपाली कांग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
शनिबार जगथलीमा आयोजित जनतासङ्ग माओवादी विशेष रुपान्तरण अभियान, जन–जनमा माओवादी घर–घरमा माओवादी अभियान अन्तर्गत गाउँपालिकाको ४ नं. वडा कमिटिद्धारा आयोजित जवस मोर्चाहरुको भेला कार्यक्रममा नेपाली कांग्रेस अर्जुन स्याङ्तान, प्रदिप स्याङतान, पुर्णि मायाँ जिम्बा, मंगल सिँ स्याङतान, केल बहादुर स्याङतान, टेक बहादुर घिसिङ, छलि मायाँ बल, सोनाम वाइबा, ईन्द्र बहादुर लोप्चन, भिम बहादुर कामि, धन बहादुर गुरुङ, ज्ञान बहादुर बल, साईला बल, अजय जिम्बा लगायतका नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।


नव प्रवेशहरुलाई नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिव इन्द्र बहादुर थिङ (छिन्ताङ), वडा नं. ४ का वडा अध्यक्ष निशान मोक्तानले टीका र खदा लगाएर स्वागत गरे ।










