♦अशिम लोप्चन
माल्टा । नेकपा (माओवादी केन्द्र)को प्रवास कमिटि जनप्रगतिशिल मञ्च माल्टामा तदर्थ कमिटि गठन भएको छ । जनप्रगतिशिल मञ्च संस्थालाई दर्ता तथा प्रारम्भिक संचालन गर्न तदर्थ कमिटि गठन गरेको हो ।


आइतबारका बुजिबा सालिना पार्क माल्टामा जनप्रगतिशील मञ्च माल्टाका संयोजक नारायण प्रसाद अधिकारीको अध्यक्षतामा र बिनय बुढाथोकीको प्रमुख अतिथिमा जनप्रगतिशील माल्टाको प्रारम्भिक भेलाको बैठक बसेका थिए । बैठकले नारायण प्रसाद अधिकारीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
तदर्थ कमिटिको बरिष्ठ उपाध्यक्ष अर्जुन फोम्बो लिम्बु, उपाध्यक्षम समुन्द्र भट्रराई, महासचिव छेसाङ लोप्चन तामाङ, सचिव कृष्ण प्रसाद सुबेदी (गाँउले), सह–सचिव सुरेन्द्र तिवारी, युवा संयोजक रबिन्द्र लिम्बु, र कोषाध्यक्ष बिष्णु चापागाई रहेको कमिटिले जनाएको छ ।
त्यस्तै, सदस्यहरुमा रोहित गौतम, पासाङ सम्बा सगुन, जे पी शर्मा, अनन्त भण्डारी, सुरज क्षेत्री, सुमित लिम्बु, सुधिर आले, बिदुर गौतम, शंकर श्रेष्ठ, दिपेन्द्र पौडेल, बिबश लोप्चन र राजु चौधरी रहेको जनाइएको छ ।
तदर्थ कमिटिको संरक्षकमा कान्छाराम बुढाथोकी (बिनय) र सल्लाहकार राजेन्द्र रोस्यारा रहेको छ ।










