काभ्रे । समाजवादी मोर्चा नेपाल काभ्रे जिल्ला समिति गठन भएको छ । मोर्चामा आवद्धता रहेको राजनैतिक दलहरुको बिहिबार बसेको जिल्ला स्तरीय भेलाबाट नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईको संयोजकत्वमा ८ सदस्यीय जिल्ला स्तरीय कमिटि गठन भएको छ ।
मोर्चाको केन्द्रिय नीति अनुसार घटक दलहरुले आलोपाले मोर्चाको नेतृत्व गर्ने गरि हाललाई नेकपा एकीकृत समाजवादीले र त्यसपछि अरु दलहरुले चक्रिय प्रणालीमा पार्टीहरुले मोर्चाको नेतृत्व गर्दै जाने र संयोजन समितिमा प्रत्येक घटकपार्टीहरुबाट २/२ जना मोर्चामा रहनेगरी ८ सदस्यीय जिल्ला स्तरीय कमिटि गठन गरेका छन् ।


उक्त भेलाबाट ( नेकपा एकृकीत समाजवादी पार्टी) को तर्फबाट संयोजक बसुन्धरा हुमागाई सदस्यहरुमा नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक भोला प्रसाद अर्याल, जिल्ला सचिव दैव लाल घिसिङ (अनुशील), जनता समाजवादी पार्टीबाट जिल्ला अध्यक्ष वीर बहादुर तामाङ, जनता समाजवादी पार्टीबाट जिल्ला कोषाध्यक्ष शेखर लामा, नेकपाको केन्द्रीय प्रतिनिधि प्रेरक सि र नेकपा एसबाट जिल्ला सचिव गोकुल गौतम सदस्य सचिव रहनेगरि मोर्चा गठन गरियोे ।
नेकपाबाट मोर्चामा १ जना सदस्य पछि थप गरिने गरि कमिटी गठन गरिएको छ । भेलामा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य कृष्ण अधिकारी र प्रदेश सचिवलाय सदस्य काभ्रे जिल्ला सह–इन्चार्ज मिन बहादुर वाइवा (ज्वाला) र नेकपा एसको वागमती प्रदेश समितिको सचिव एवम् वागमाती प्रदेश सरकारको मानानिय श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको उपस्थीति रहेको थियो ।










