महाभारत (काभ्रे) । काभ्रेको महाभारत गाउँपालिका ८ मा विभिन्न पार्टी परित्याग गरि नेता कार्यकर्ताहरू नेकपा माओवादीमा प्रवेश गरेका छन् । नेकपा एमाले लगायत अन्य विभिन्न पार्टी परित्याग तीन दर्जन बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शुक्रबार माओवादी केन्द्र महाभारत गाउँपालिका ८ नं. वडा कमिटिको पिङडाडा घर्तिछापमा भएको वडा भेला तथा साँस्कृतिक कार्यक्रममा ४२ जना नवप्रवेशीलाइ अविर र माला लगाएर पार्टी प्रवेश गराईको छ ।

महाभारत ८ का पञ्च बहादुर जर्घा, बुद्धीराज जर्घा, खुस ब. आले, जनक पाख्रिन, चस्मलाल पाख्रिन, कान्छामान थिङ, मंगले पाख्रिन, चन्द्र ब. गोम्बा, मेक ब. थिङ, दमैसिङ थिङ, सुर्य ब. तुम्सीङ, सुमन पाख्रिन, तेज ब. आले, तेज ब. जर्घा, रुप ब.जर्घा, प्रेम ब. पुलामी, रचना दर्लामी, प्रतिका जर्घा, पुर्ण कुमारी आले, रेशम लामा, निरध्वज थिङ, सुवास थिङ, बुद्ध गोले, रोसन थिङ, पवन गोले, कुमारी बोम्जन, बद्धिलाल आले, पुर्ण ब. जर्गा, हिरामाया जर्गा, पञ्चमाया जर्गा, इन्द्रमाया आले, दिकप आले, दिलम आले, रमेश लामा, खेली ग्यामी, छलीमाया ग्यामी, सम्झना ग्यामी, गितामाया अस्तानी, बदेवान नम्गेल लामा, सितामाया थिङ, सञ्च ब. ठाडा र विविमाया पाख्रिन माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

पार्टीमा नवप्रवेशीहरूलाई माओवादी केन्द्रका बागमती प्रदेश सचिव इन्द्र बहादुर थिङ (छिन्ताङ) महाभारत गाउँपालिका इन्चार्ज यादव ढुङ्गेल (जमिन) , गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार), उपध्याक्ष मिन ब. वाईबा, सचिव रिजन मगर, कोषाध्यक्ष असली लामा लगायत माओवादी केन्द्रका वडा र गाउँपालिकास्तरीय नेताहरुले स्वागत गरेका थिए ।

नन्दलाल राना (नविन)को अध्यक्षमा भएको कार्यक्रममा वडाका मगर समुदायले मारुनी नाच लगायत अन्य साँस्कृतिक कार्यक्रम पनि भएको थियो । कार्यक्रम संचालन मुस्कान मोक्तानले गरेका थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय