महाभारत (काभ्रे) । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले महाभारतको विकास निर्माणका काममा राजनीतिकरण गर्न नहुने बताएका छन् । माओवादी केन्द्र महाभारत गाउँपालिका ८ नंं वडा कमिटिद्धारा आयोजित घर्तिछापको पिङडाडामा शुक्रबार भएको वडा भेला तथा साँस्कृतिक कार्यक्रममा सबै राजनीतिक दल र सरकारबीच समन्वय र सहकार्य हुन सकेमामात्र समृद्ध महाभारत बन्न सक्ने बताए ।

मुलुकमा आएको राजनीतिक परिवर्तनपश्चात् विकास निर्माणका कामले जुन गतिमा अघि बढ्नुपर्ने त्यसअनुरुप हुन नसकेको बताउँदै समृद्धिका लागि राजनीतिभन्दा विकास निर्माणमा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष जिम्बाले सबै वडाको बस्तीबस्तीमा सडक पुगिसकेको बताउँदै अब एक सडकलाई विषेश प्राथमिकता दिएर कालोपत्र र सडक पिच गरेर आफ्नो कार्यकालसम्म महाभारतमा गाडी होइन ट्याक्सी गुढ्ने बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले पछिल्लो समय विकास निर्माणका कार्य गर्दा विनाससमेत निम्त्याइएकाले दिगो एवं फलदायी पूर्वाधार निर्माण आजको आवश्यकता भएको बताए ।

‘नेकपा एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य पार्टी मिसन ८४ भन्दै हिडेको छ, हामी जनताको घरघरमा विकासको अभियान ल्याउने हो त्यसपछि मात्रै मिसन ८४ कुरा गर्ने हो ।’ जिम्बाले आफुले महाभारतबाट काम सुरु गर्दा एमालेका नेता गोकुल बस्कोटाले संसदमा विरोध गरेकोमा आपति जनाए । सबै नेताहरु जितेर गएपछि विकासमा डाँडापारी क्षेत्रलाई होईन आफ्नो क्षेत्रलाई मात्रै विषेश प्राथमिकता दिएको बताए ।

सडक संगै विद्युत्को पनि आर्थिक बर्ष ०८०/८१ भित्रमा सबै घरघरमा बति बल्ने गरि काम भइरहेको र अन्य शिक्षा, स्वास्थ्य, खानीपानी, कृषि लगायत सबै विकासको काम तिब्र गतिमा भइरहेको उनको भनाई छ । सबै युवाहरुले समाजिक संजलमा भएको विकासको कामलाई विरोध प्रोत्साहन गर्ने आग्रह गरेका छन् ।

अध्यक्ष जिम्बाले महाभारत गाउँपालिका काभ्रे जिल्लाकै सबैभन्दा बढी कफी उत्पादन हुने ठाँउ भए र यहाँको कफी जापान र नेदरल्यान्डमा बिक्री हुने गरेको बताए । महादेवटारमा कफी केन्द्र खोल्ने तयारी रहेको र युवाहरु वैदेशिक रोजगारीको लागि जापान, मलेसिया, कतार लगायत विभिन्न देशमा जान होइन महाभारत मै काम गरेर आर्थिक उन्नति गर्न सक्ने उनको भनाइ छ ।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका बागमती प्रदेश सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) सहित विषेश अतिथि महाभारत गाउँपालिका इन्चार्ज यादव ढुङ्गेल (जमिन), गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार), उपध्याक्ष मिन ब. वाईबा, सचिव रिजन मगर, कोषाध्यक्ष असली लामा, खानीखोला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष निशान मोक्तान लगायत माओवादी केन्द्रका वडा र गाउँपालिकास्तरीय नेताहरु लगायतको उपस्थिति रहेको थियो ।

नन्दलाल राना (नविन)को अध्यक्षमा भएको कार्यक्रममा वडाका मगर समुदायले मारुनी नाच लगायत अन्य साँस्कृतिक कार्यक्रम पनि भएको थियो । कार्यक्रम संचालन मुस्कान मोक्तानले गरेका थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय