काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले चार महिनासम्म चलेको रूपान्तरण जनतामा आशा पलाएको बताएका छन् ।

सोमबार सकिएको रूपान्तरण अभियानबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले कार्यकर्तामा जागृति आएको बताए । अभियानका क्रममा पहिले बनेका ठाउँको संगठन सुदृढ भएको उनको भनाइ छ ।

त्यस्तै, पार्टी प्रवेश, नवीकरण लगायतका काम भएको जानकारी दिए । जनता पार्टीप्रति आकर्षित भएको उनले बताए ।

“जनता हामीतिर फर्केका छन् । उहाँहरूका गुनासा छन् । तपाईंहरू फेरि आउनुपर्छ भन्ने छ,” सापकोटाले भने ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय