महाभारत (काभ्रे) । काभ्रेको महाभारत गाउँपालिका–४ का विभिन्न पार्टीमा रहेका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी ४५ जना भन्दा बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मंगलबार नेकपा माओवादी केन्द्र महाभारत गाउँपालिका ४ नं. वडा कमिटिद्धारा आयोजित दोस्रो वडा सम्मेलन कार्यक्रममा पुर्व उर्जा राज्य मन्त्रीसमेत रहेका माओवादी केन्द्रका केन्द्रिय सदस्य सुर्यमान दोङ ‘लालध्वाज’ले स्वागत गरेका हुन् ।

प्रवेश गर्नहरुमा देवि बहादुर तुम्सिङ, केशर बहादुर तुम्सिङ, तारा बहादुर थापा, लिला बहादुर तुम्सिङ, प्रेम बहादुर तुम्सिङ, दुध बहादुर तुम्सिङ, दल बहादुर मगर, लिला बहादुर मगर, दुर्ग बहाद्ुर मुक्तान, खिल बहादुर मगर, मान बहादुर मोक्तान, क्षेत्र बहादुर थापा मगर, विनोद तुम्सिङ, खिल माया थापा मगर, सुस्मिता तुम्सिङ, असुनी मुक्तान, फत्त बहादुर थापा, जगत बहादुर तुम्सिङ, रोम बहादुर मगर, जित बहादुर मगर, दुर्गा बहादुर मोक्तान, कृष्ण बहादुर तुम्सिङ र जोक माया थापा लगायत ४५ जना प्रवेश गरेका हुन् ।

कार्यक्रममा लालध्वजले जनताले माओवादीलाई रुचाएकोले नेतृत्व जनतासंग जोडिनुपर्ने बताए । जनतासंग माओवादी विषेश रुपान्तरण अभियानले जनता र माओवादी विचको दुरीलाई नजिक बनाएको बताए ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, पुर्व उर्ज राज्यमन्त्रि तथा प्रतिनिधि सभा सदस्य मनानीय सुर्यमान दोङ ‘लालध्वाज’ माओवादी केन्द बागमती प्रदेश कमिटि सदस्य सुजन लामा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा ‘संसार’, नेकपा माओवादी केन्द्र बागती प्रदेश सम्पर्क समन्वय समिति सदस्य विजय मोक्तान र वडा अध्यक्ष विशाल मोक्तान सहितको नेताहरु उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता माओवादी केन्द्रका वडा अध्यक्ष दिपेश लामा र कार्यक्रम संचालन राकेश बोम्जनले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय