महाभारत(काभ्रे) । नेकपा माओवादी केन्द्र महाभारत गाउँपालिकाको सबै वडाको दोस्रो वडा सम्मेलन तथा भेला सम्पन्न भएको छ । वडा नम्बर १ देखि ८ सम्मको सबै वडा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले वडा नम्बर १ मा ढक बहादुर दर्लामीको अध्यक्षतामा, वडा नम्बर २ मा नर बहादुर बलको अध्यक्षतामा, वडा नम्बर ३ मा उतरमान जिम्बाको अध्यक्षतामा, वडा नम्बर ४ मा दिपेश लामाको अध्यक्षतामा, वडा नम्बर ५ मा सुगुन लामाको अध्यक्षतामा, वडा नम्बर ६ मा भगत रानाको अध्यक्षतामा, वडा नम्बर ७ मा दुर्गा पाख्रीनको अध्यक्षतामा र वडा नम्बर ८ मा वडा भेलाबाट नन्दलाल रानाको अध्यक्षतामा सबै वडामा २९ सदस्यीय वडा कमिटि गठन गरिएको छ ।


वडा सम्मेलन १ नम्बर वडामा १२ गते, २ नम्बर वडामा १४ गते, ३ नम्बर वडामा २१, ४ नम्बर वडामा १७ गते, ५ नम्बर वडामा १५ गते, ६ नम्बर वडामा मा १८ गते, ७ नम्बर वडामा १८ गते र ८ नम्बर वडामा वडा भेला १२ गते भएको थियो ।
महाभारत गाउँपालिकाको सबै वडामा वडा सम्मेलन तथा भेला उत्साहजनक, सभ्य र भव्य रुपमा सम्पन्न भएको नेकपा माओवादी केन्द्र महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले जनकारी दिनुभयो ।
सम्मेलन तथा वडा भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज), नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रत्न ढकाल, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ), बागमती प्रदेश कमिटि सदस्य सुजन लामा र महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) लगायत जिल्ला समन्वय समितिका नेताहरु, गाउँपालिकाका नेताहरु सहभागी रहेको थियो ।
नेकपा माओवादीको विधान अनुसार भेला तथा सम्मेलनबाट निर्वाचित वडा कमिटिको कार्यकाल दुई वर्षको हुनेछ । भेला तथा सम्मेलनको क्रममा १ दखि ८ नम्बर वडामा विभिन्न पार्टी परित्याग गरि १६५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।










