खानीखोला, (काभ्रे) । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खानीखोल गाउँपालिकाको तेस्रो सम्मेलन शनिवार सम्पन्न भएको छ ।

सम्मेलन सरिता तिमल्सिनाको अध्यक्षतामा २१ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । यस्तै उपाध्यक्षमा सुनिता घिसिङ, सचिवमा सृष्टि दर्लामी, सहसचिवमा नविना वाईबा, कोषाध्यक्षमा लक्ष्मण राना, सदस्यहरुमा बेनि माझी, नवराज थिङ, रश्मी हुमागाँइ, सुनिता गोले, छेवाङ लोप्चन, विशाल मोक्तान, सुनिता वाईबा, अर्चना श्रेष्ठ, निर्मला थिङ, रञ्जित बल, रशिला थिङ, विकास थोकर, मनोज मोक्तान र निर्मला गोले चयन गरेको छ ।

सम्मेलनमा अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष पञ्चा सिंह प्रमुख आतिथ्यता रहेको थियो । विषेश अतिथिमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिव ईन्द्र बहादुर थिङ (छिन्ताङ), जिल्ला समन्वय समिति सचिव दैवलाल घिसिङि, अखिल (क्रान्तिकारी) उपाध्यक्ष मदन भुसाल, नेकपा माओवादी केन्द्र खानीखोला गाउँपालिका अध्यक्ष अविरल जिम्बा, अखिल (क्रान्तिकारी) जिल्ला इन्चार्ज निर्मला गौतम  लगायतको आतिथ्यता रहेको थियो।

सम्मेलन सफल र व्यवस्थित बनाउन अखिल (क्रान्तिकारी) काभे्र जिल्ला कमिटि सदस्य विकास वाइबा र देशभक्त रुम्बाले विषेश भुमिका खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय