काभ्रे । ‘२९ औँ जनयुद्ध दिवस ०८०’ को अवसरमा काभ्रेमा मंगलबार साँझ दीप प्रज्वलन गरिएको छ।
०५२ फागुन १ गते जनयुद्ध सुरु गरेको स्मरणमा नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसिएल नेपाल र विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को काभ्रे जिल्ला समितिद्धारा बनेपाको चारदोबाटोमा दीप प्रज्वलन गरिएको हो ।


२०५२ फागुन १ गतेबाट तत्कालिन माओवादीले मुलुकमा आमुल राजनीतिक परिवर्तनका लागि भन्दै सशस्त्र द्वन्द्व शुरु गरेको थिए। सो समयमा शहीद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको विद्यार्थी नेता विजय लामाले बताए। लामा ‘जनयुद्ध’कै कारण आज देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था प्राप्त भएको तथा महिला, आदिवासी, जनजाति, दलित, पिछडा वर्ग र सीमान्तकृत समुदायले वर्षौँपछि राजनीतिक र सामाजिक अधिकार पाएर समान नागरिकको हैसियत बनाएको बताए ।
माओवादी केन्द्रका काभ्रे जिल्ला सचिव दैवलाल घिसिङले २९ वर्षअघि ४० सुत्रीय माग राख्दै जनयुद्धमा होमिएको माओवादीकै कारण आज देशमा अढाई सय वर्ष लामो राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए।










