महाभारत, काभ्रे । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले महाभारत गाउँपालिका–१, गोकुलेमा रहेको गोकुले माध्यमिक विद्यालयमा इकाई कमिटी गरेको छ । देवराज स्याङ्तानको नेतृत्वमा सोमवार २९ सदस्यीय विद्यालय इकाई कमिटी गठन गरिएको हो ।

सोमवार प्रजातन्त्र दिबसको दिनमा सम्पन्न विद्यालयको भेलाबाट देवराज स्याङ्तान अध्यक्ष, विनिता योन्जन उपाध्यक्ष, आस्मा योन्जन सचिव, निश्चल योन्जन सहसचिव र रुस्मा श्रेष्ठ कोषाध्यक्ष निर्वाचित भएको अनेरास्ववियू(क्रान्तिकारी) महाभारत गाउँपालिका अध्यक्ष सुवास जिम्बाले बताए ।

भेलाबाट सदस्यहरुमा अनिता श्रेष्ठ, रुपक लमिछाने, मनिका दर्लामी, रेनुका योन्जन, सन्तोष श्रेष्ठ, अञ्जली वाइबा, सन्देश श्रेष्ठ, सुजन थोकर, पुर्ण जिम्बा, प्रविन भ्लोन, शान्ति बि.क., नबिना जिम्बा, सन्जिता योन्जन, इमसाङ योन्जन, आस्था लामिछाने, सपना लामिछाने, छेवाङ गोले, सन्देश मोक्तान, फुर्साङ पाख्रिन, ओमसाङ वाइबा, ईश्वर थापा, सन्जोक सिंतान, आरोप श्रेष्ठ र टेडिल राना रहेको छ ।

विद्यार्थी वर्ग पार्टीको उर्जा भएको बताउदै अध्यक्ष सुवास जिम्बाले त्यो उर्जालाई सकारात्मकता तर्फ लगाउन मार्गनिर्देश समेत गरे । राजनीतिक पद र आर्थिक अवसरका लागि नभई मानव कल्याण र समाजवाद तर्फको लक्ष लिन समेत उनले विद्यार्थीहरुलाई प्रेरित गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्ला समन्वय समिति सदस्य तथा जननिर्वाचित १ नं. वडा अध्यक्ष कान्छामान जिम्बा (रोहित) ले तत्कालिन जनयुद्धमा विद्यार्थी वर्गले पनि उच्च बलिदानी गरेकाले वर्तमान अवस्थामा विद्यार्थीहरुले त्यो गैरवपूर्ण इतिहास भुल्न नहुनेमा जोड दिए ।

अनेरास्ववियू(क्रान्तिकारी) महाभारत गाउँपालिका अध्यक्ष सुवास जिम्बा, जिल्ला कमिटि सदस्य दोर्जे थिङ, नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्ला समन्वय समिति सदस्य तथा जननिर्वाचित १ नं. वडा अध्यक्ष कान्छामान जिम्बा (रोहित) लगायत विद्यालयका शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय