महाभारत, काभ्रे । काभ्रेको डाँडापारी महाभारत गाउँपालिकाका किसानहरु आधुनिक कृषि प्रणाली अपनाउनुका साथै व्यवसायीक खेतीतर्फ पनि आकर्षित भएका छन् । पछिल्लो समय यहाँका किसानहरुले व्यवसायीक रुपमै कफी खेति गर्न थालेका छन् । कफी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई भन्दा यहाँ बासिन्दा कफि खेति प्रति आकर्षित भएका छन् । पछिल्लो समय यस पालिकामा ७२ हेक्टर जमिनमा कफी लगाइएको छ ।

पालिकामा केहि वर्षअघिदेखि व्यावसायिक कफी खेती सुरु गरिएको थियो । शुरुमा परीक्षण गर्दा नै कफी राम्ररी फस्टाएको र कफीका लागि उपयुक्त हावापानी र जमीन रहको पाइएपछि स्थानीय किसानले व्यावसायिक खेति शुरु गरेको र कफी खेती विस्तार कार्यक्रमअन्तर्गत रहेर किसानले कफी खेती लगाएको गाउँपालिकाका कृषि शाखा प्रमुख खिम बहादुर डाँगीले बताए ।

पालिकामा आर्थिक बर्ष २०७९०८० मा १ लाख ८५ हजार केजी सेबी कफी उत्पादन भएका छन् । प्रमुख डाँगी भने, ‘हाल गाउँपालिकाका ९४० घरधुरीले कफी खेती रोजेका छन् । माग उच्च हुँदा पनि उत्पादन पु¥याउन सकिएको छैन । कफी खेती आम्दानीको राम्रो स्रोत बनेको छ ।’

कफी उत्पादनलाई प्रोत्सान दिन गत वर्षबाट वडा नं. ३, ५ र ८ वडामा नर्सरी समेत स्थापना गरेको पालिकाले जनाएको छ । त्यस्तै, कृषि क्षेत्रमा किसानलाई अग्रसर गराउन ट्र्याक्टर, स्प्रेपम्प, प्लास्टिक टनेल र आवश्यकताका आधारमा किसानको मागमा आधारित तालिमसमेत उपलब्ध गराइँदै आएको पालिकाले जनाएको छ । यस बर्ष गाउँपालिकाको १ र ८ नम्बर वडाका कृषि समुहहरुलाई व्यवसायिक कफी खेती प्रविधि तालिम दिइ सकेको र अन्य सबै वडामा बैशाख मसन्तभित्रमा तालिम सम्पन्न हुने प्रमुख डाँगीले बताए ।

कफीले राम्रो भाउ पाएपछि महाभारत गाउँपालिकाका किसानहरु यस खेती गर्न अग्रसर भएका छन् । महाभारत गाउँपालिकाले पनि कफीबाट राम्रो आम्दानी हुने देखिएपछि किसानलाई अनुदानमा कफीको बिरुवा वितरण गरेर आम्दानीको वैकल्पिक स्रोतका रुपमा विकास गरेको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउनका लागि किसानलाई अनुदान दिने गरेको बताउनुभयो । आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउन २०७९÷८० मा एक लाखवटा कफीको बिरुवा निःशुल्क रुपमा वितरण गरेको उहाँले बताउनुभयो । अब प्रत्येक बर्ष गाउँपालिकाले ११ लाख भन्दा बढी कफीको विरुवा किसानलाई वितरण गर्ने बताउनु भयो ।

गाउँपालिकाका किसानले उत्पादन गरेको कफी स्वदेश मात्रै होइन विदेश जापान लगायत अन्य देशमा पनि निर्यात हुँदै आएको छ । हिमालयन लक्जरी विन्स कम्पनीले विगत चार वर्षदेखि यहाँका किसानले उत्पादन गरेको कफी जापान निर्यात गर्दै आएको छ । यहाँका सामन्य किसानले कफीबाट १ लाख देखि बढीमा ८ लाख रुपैया सम्म बार्षिक आम्दानी गरिहेका छन् ।

सय क्षेत्रमा उत्पादित कफी राम्रो र गुणस्तर भएकोले सबैको रोजाइमा परेको छ । कफी उत्पादनका लागि यस क्षेत्रमा विभिन्न एनजिओ, आइएनजिओहरुले सहयोग गर्दै आइरहेका छन् ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र उपाध्यक्ष सागर मोक्तानको विषेश उपस्थितिमा बुधबार गाउँपालिकामा कृषहरुलाई साना किसान र महादेव सहकारी मार्फत ३० वटा ट्र्याक्टर र कफी पल्पर मेसिन वितरणको छ । साथै कृषकहरुलाई विरुवा उत्पादन तालिम समेत दिएको थियो ।

महाभारत क्षेत्रमा कफीको राम्रो उत्पादन हुने र अहिलेसम्ममा परम्परागत रुपमा मकै र कोदो लगायतका खेती गर्दै आएका यहाँका किसानहरुले मुख्य आम्दानीको स्रोत कफीमा देखिएकोले किसानहरु व्यवसायिक कफी खेतीमा लागेका हुन । इलाम चिया हेर्न नेपालीसँगै विदेशी पर्यटक गए जसरी महाभारतमा कफी हेर्ने पर्यटक भित्र्याउने लक्ष्यका साथ काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय