काठमाडौं । सरकारले सय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो।

अर्थ मन्त्रालयले बैंक नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो।

भारत अधीनस्थ रहेका कालापानी–लिपुलेक क्षेत्र समेटेर बनाइएको चुच्चे नक्सालाई २०७७ सालमा संसदले अनुमोदन गरेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय