काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरिरहेको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्न पहल भइरहेको बताए ।

उनले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्नेगरी भएका कामका कारण अहिलेको परिस्थिति पैदा भएको जिकिर गरे । भ्रष्टाचार, अस्थिरतालगायत स्वार्थप्रेरित काम देखिएको उनको आरोप छ ।

ओलीले अब बन्ने सरकार देशको आर्थिक विकासका साथै अन्य समस्याको समाधानमा ध्यान केन्द्रित गर्ने दाबी गरे ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय